शिक्षाबाट पुरस्कृतलाई देविनगरमा सम्मान
बिनोद परियार,बुटवल,५ असोज । सामुदायिक विकास परिषद बुटवल १३ रुपन्देहीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका ब्यक्ति तथा क्षेत्रिय पुरस्कार प्राप्त गरेको विद्यालयलाई सम्मान गरेको छ । बुटवल १३ देविनगरमा निवासि ब्यक्ति र विद्यालयलाई परिषदले एक कार्यक्रमका विच देनिगगर चौपारीमा सम्मान गरेको हो ।
एसएलसिमा सतप्रतिशत र गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै क्षेत्रिय पुरस्कार प्राप्त गरेको न्यू होराईजन उच्च मावि र राष्ट्रिय शिक्षा पुरस्कार पाएका तिनाउ ईगलिस बोर्डिङ स्कुलका प्राचार्य यज्ञमूर्ती पाण्डे,र नविन औद्योगिक माविका शिक्षक युवराज तिवारीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
विकास परिषदका अध्यक्ष अर्जुन कुँवरको सभापतित्व,ईलाका प्रशाशन कार्यालय बुटवलका अधिकृत यज्ञश्वर मरासिनीको प्रमुख आतिथ्य,लक्ष्मण श्रेष्ठको संचालनमा सम्पन्न भएको कार्यक्रममा न्यू होराईजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्याय,तिनाउ इंगलिस बोर्डिङ स्कुलका सहप्राचार्य सिता पाण्डे,विकास परिषदका बरिष्ठ उपाध्यक्ष शान्ता अर्याल लगायतले बोल्नुभएको थियो
