भारतमा पनि नेपाली नम्बर प्लेटका गाडीमा रोक
भैरहवा असोज १२- नेपालमा भारतीय नम्बरको सवारीसाधन गुड्न नदिएको विरोधमा भारतीय पक्षले पनि नेपाली नम्बर प्लेटका सवारीसाधन गुड्न रोक लगाएको छ ।
नेपाल–भारत सीमा सुनौलीमा भारतीय पक्षले नेपाली नम्बर प्लेटका सवारीसाधन गुड्न रोक लगाएको हो । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरूले विहीबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा गुड्न नदिएको र बिहीबार राति चितवनमा केही गाडी तोडफोड गरिएको भन्दै विरोधमा भारतीय भूमिमा पनि नेपाली गाडी गुड्न रोक लगाएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए ।
एकअर्काको देशमा रहेका सवारीसाधनलाई निर्वाध रूपमा दुवै पक्षले फर्कन दिए पनि प्रवेशमा भने रोक लगाएका छन् । दुई देशका गाडी एकअर्काका देशमा सहज रूपमा गुड्न नपाएपछि सीमा क्षेत्रमा पर्यटकहरू समस्यामा परेका छन् ।