माओवादीले भारतीय गाडीलाई नेपाल आउंन रोकलगाउनु केटाकेटीपन-अध्यक्ष भुसाल
बुटवल १२ असोज । नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष सूर्य भुसालले माओवादीले भारतीय गाडीलाई नेपाल आउंन नदिन गरि थालिएको आन्दोलनलाई केटाकेटीपनको संज्ञा दिनुभएको छ । राष्ट्र र जनताको हितमा गरिने आन्दोलन जायज भएपनि छिमेकी राष्ट्रलाई चिडाउंने खालको आन्दोलन केटाकेटीपन हो भुसालले भन्नुभयो ।
भारतको हरिद्धारमा असोज १६ गते (अक्टुबर २ तारिख)मा हुंन गइरहेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन जाने क्रममा आज बुटवलमा संचारकर्मीसंग संक्षिप्त कुराकानी गदैं सो संज्ञा दिनु भएको हो ।उहांले नेपाली जनता र राष्ट्रको हितका लागि भारतसंग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । संघका केन्द्रीय सदस्य ढुण्डीराज ओझाले भारतीय नम्बर प्लेटका गाडीलाई नेपाल आउंन रोक लगाउंने कार्यले नेपाल भारतबीचको संबन्ध खल्बलिन सक्ने भन्दैं चिन्ता व्यक्त गर्नुभयो ।अर्का केन्द्रीय सदस्य गोपाल प्रसाईले भारतीय गाडी र हिन्दी चलचित्र नेपालमा निर्वाद रुपमा चल्न पाउंनु पर्ने बताउंनु भयो ।