|

मदिरा उत्पादक र व्यवसायी संघ बीच अवैध मदिरा नियन्त्रण गर्न सहमत

बुटवल,७ असोज । मदिरा उत्पादक संघ र मदिरा व्यवसायी संघ बीच शनिबार बुटवलमा भएको छलफलले अवैध घरपालुवा मदिरा नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् ।

अवैध घरपालुवा मदिरामा अखाद्य वस्तु मिसाइएको हुने तथा गुणस्तरहीन भएकाले त्यस्ता मदिरा बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यसको नियन्त्रणका लागि उत्पादन संघ र विक्रेताले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उत्पादक संघले राखेको कार्यक्रम रुपन्देहीका मदिरा विक्रेता व्यवसायी संघका अध्यक्ष अशोक श्रेष्ठ, महासचिव सुलोचन ढकाल, नेपाल मदिरा विक्रेता महासंघका उपाध्यक्ष कृष्णप्रसाद नेपाल लगायतले मदिरा उद्योगीहरुले उद्योगीको हकहित मात्र नभै विक्रेताको लगानीको सुरक्षाका सवालमा समेत ध्यान दिन माग गर्नुभएको थियो ।

कार्यक्रममा मदिरा उत्पादक संघका अध्यक्ष रवि के.सी., द्वितीय उपाध्यक्ष नारायण पौडेल, महासचिव एकराज अर्याल, सदस्यहरु अर्जुन श्रेष्ठ, राजु गुरुड्ड लगायतले मदिरा विक्रेता र उद्योगीबीच को सुमधुर सम्बन्ध कायम गरी अगाडि बढेमा दुवैलाई पक्षलाई फाइदा हुने बताउनु भएको थियो ।

Posted by Butwalonline on 6:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मदिरा उत्पादक र व्यवसायी संघ बीच अवैध मदिरा नियन्त्रण गर्न सहमत"

Leave a reply