|

नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने-अर्थमन्त्री पुन

बुटवल,६ असोज । अर्थमन्त्री वर्षमान पुनले नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने बताएका छन् । राजस्व अनुसन्धान विभागद्वारा आज बुटवलमा आयोजित क्षेत्रीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले दलहरुबीच सहमति बन्न नसकिरहेको र निर्वाचनको टुंगो अझै लाग्न नसकेकाले संक्रमणकाल लम्बिने बताएका हुन् । संक्रमणकाल कहिलेसम्म लम्बिन्छ भन्ने प्रष्ट नपारेका मन्त्री पुनले यस्तो अवस्थामा दलहरुबीच आर्थिक एजेण्डामा न्युनतम साझा अवधारणा बनाएर अर्थतन्त्रलाई अघि बढाउनुपर्नेमा जोड दिए । ुराजनीतिक संक्रमण छ भनेर अर्थतन्त्रलाई बेवास्ता गर्न मिल्दैन,त्यसैले राजनीतिक मुद्दामा असहमति भएपनि मुलभुत आर्थिक मुद्दामा दलहरुबीच समझदारी हुनैपर्छ’( मन्त्री पुनले भने ।

संक्रमणकालका कारण समयमा वजेट नआउने संस्कार बसिसकेको उल्लेख गर्दै मन्त्री पुनले वर्तमान सरकार दलहरुबीच आर्थिक एजेण्डामा न्युनतम साझा कार्यक्रम  बनाएर जुनसुकै सरकार आएपनि समयमै वजेट ल्याउने परिपाटीको विकास गर्ने प्रयासमा रहेको बताए ।

संक्रमणकाल लम्बिंदा राजस्व चुहावट,आर्थिक अराजकता र आर्थिक अपराध भए पनि राजस्व संकलन,निर्यात र रेमिट्यान्सको बृद्धि दर विगत वर्षको तुलनामा बढेकाले आर्थिक सुचकांकहरु सन्तोषजनक रहेको मन्त्री पुनले बताए । सरकार नीजि क्षेत्रका समस्या सुन्न र जायज माग सम्बोधन गर्न सधै तत्पर रहेको उल्लेख गर्दै मन्त्री पुनले तर हुदै नभएका समस्यालाई देखाउंदा द्वन्द्व बढ्ने मा सचेत गराए । ु सरकार नीति निर्माणमा नीजि क्षेत्रसंग हातेमालो र सहकार्य गर्छ तर कार्यान्वयनमा कडाई गर्छ’(उनले भने । सहकार्य राजस्व बृद्धि गर्न गरेर अघि बढ्न सरकार तयार रहेको बताए । कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यापारी तथा सरोकारवालाहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले उद्योग मैत्री बन्न सरकारलाई आग्रह गरेका थिए । सरकार कै कारण राजश्व चुहावट हुने गरेको उनीहरुको आरोप थियो ।

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने-अर्थमन्त्री पुन"

Leave a reply