|

कपिलवस्तुको १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमको चपेटामा


किरणमान बज्राचार्य,कपिलवस्तु, ६ असोज-कपिलवस्तुमा १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन फडानी नरोकिएको पछि सो क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।  अहिले झन राष्ट्रिय वन क्षेत्रमा दिनानुदिन अतिक्रमण बढदै गएको छ । अतिक्रमणका कारण यसको क्षेत्रफल निरन्तर घटदै गएको छ ।
जिल्लाको कूल वन क्षेत्र ६२ हजार २११ हेक्टर रहेको वन कार्यालयको तथ्यांकमा उल्लेखीत छ । तर बर्षौ देखि वनको नक्सांकन नगरीएकोले उल्लेखित तथ्यांकको २० प्रतिशत बढी वनको हैसियत घटेको वन प्राबिधीकहरु बताउछन् ।

 २० बर्षमा बिभिन्न स्थानमा अतिक्रमणका कारण १३ हजार ३  सय वनको क्षेत्रफफल घटेको वन कार्यालयले जनाएको छ । आब ०४७/४८ सम्म ७ हजार ६ सय हेक्टर मात्र जंगलको क्षेत्रमा कमी आएकोमा त्यस पछि ०६० सालको बिचमा २ हजार ३६८ हेक्टर क्षेत्रफलमा वन फडानी गरिएको थियो । ०६० देखि ०६४ सम्म थप ८३० हेक्टर र त्यस पछिको अवधिमा ६ सय हेक्टर जंगल मासिएको छ । सबै भन्दा बढी पटना गाबिसमा रहेका वन क्षेत्र अतिक्रमित भएको छ । त्यहा ३ हजार बढी वन क्षेत्र बिभिन्न पक्षद्धारा जवरजस्ती कब्जा गरिउको तथा त्यहा धान, गहु, तरकारी लगायतका कृषि उपजहरु लगाइने गरेको छ ।

राजनीतिक लाभका लागि दलहरुले जिल्ला बाहिर तथा भित्रबाट सुकुम्बासीहरुलाई ल्याएर बसाल्ने प्रमुख कारणले बन क्षेत्र तिब्र गतिमा विनाश भइरहेको स्थानीयबासी बताउछन् । रानितिक दल, तस्कर, स्थानीयबासी लगायतको चौतर्फी अक्रमणको निसाना बने पछि बन तीब्ररुपमा मासिदै गएका छन् । राजनैतिक दलले नै वन क्षेत्रमा फडानी गरी सुकुम्बासीहरुलाई बसोबासका लागि प्रोत्साहित गरिदा वन कार्यालय मुकदर्शक मात्र बनेको छ । जसले गर्दा यसको क्षेत्रमा निरन्तर ह्रास आईरहेको छ । काठ तस्कर, बन माफिया, स्थानीयवासी लगायतले आफ्नो निजी स्वार्थका लागि वन बिनास गरे पछि खाली रहेको जमिनमा सुकुमबासीहरुले कब्जा गर्ने गरेका छन् ।

जिल्लाको सुदुर पश्चिमी गुगौली, शिवपूर, शिवगढी, पत्थरदेईया,बिरपूर चनई कुशवा र उत्तरी गाबिस महेन्द्रकोट, बुढ्ढी, जयनगर, दुबिया, वाणगंगा, बरकूलपूर, भलवाड, धनकौली, पटना, तिलौराकोट, निग्लिहवा गाबिसमा पर्ने राष्ट्रिय वन क्षेत्रको जग्गामा अतिक्रमण भएका छन् । बुढ्ढी चौहारामा वन क्षेत्रमा कब्जा गरी वनाइएको घर टहरा  ६ महिना अघि हटाई पनि त्यहा फेरी घरटहरा बनाउन शुरु गरिउको छ । पटना गाबिसमा पनि वन क्षेत्रको हजार हेक्टर बढीमा खेतीपाती गरिए पनि वन कार्यालय निरीह बनेर बसको स्थानीयबासीको आरोप छ । 

बढदो जनसंख्याको चाप, चोरी कटानी, अत्याधिक चरिचरन, बसाई सराई, नदी कटान लगायतका कारणले समेत यसको क्षेत्रफल खुम्चिदै गएको छ । फडानीलाई वन कार्यालयले रोक्न नसक्दा जंगलको क्षेत्रफल घटदै गएको तिलौराकोट साझदारी वनका अध्यक्ष जय प्रकास पाण्डेयले बताए ।  यसले गर्दा वन क्षेत्रफलमा प्रतिकूल प्रभाव परेको उनको भनाई छ । एउटै सुकुम्बासीले बिभिन्न स्थानमा कब्जा गरी बसे पनि त्यसलाई हटाउन राजनितीक दल तथा सरकारी निकायले कुनै ठोस कदम नचाल्दा वन क्षेत्रमा अतिक्रमण झनै बढदै गएको अध्यक्ष पाण्डेयको आरोप छ ।

वन क्षेत्रमा निरन्तर आक्रमण भईरहेकोले यसको क्षेत्रफल तीब्र रफ्तारमा घटीरहेको स्वीकार्दै जिल्ला वन प्रमुख कृष्ण प्रसाद पोख्रेलले रानीतिक र नागरीक असहयोका कारण वन अतिक्रमण नरोकिएको बताउछन्े । उहाले ’ स्रोत र साधनको कमी, पूर्वाधारको अभाव, द्धन्दकालमा क्षतिग्रस्त भएका रेन्ज पोष्टको हाल सम्म पुर्निमाण नहुदा समेत अतिक्रमणलाई रोक्न गाह्रो भएको बताए ।

वन सबैको साझा र सामूहिक संपत्ति भएकाले यसलाई वचाउने कार्यमा पनि सबैको संयुक्त प्रयास जरुरी रहेको उनको भनाई छ । ‘ वन माथी चौतर्फी आक्रमण भएको कसैबाट छुपेको छैन् त्यसैले सबैको सामूहिक प्रयास बिना यसलाई बचाउन र जोगाउन सकिन्न, अतिक्रमण रोक्न प्रशासनले वन कार्यालयलाई हर तरहले सहयोग गर्न तयार छ । ’ उनले भने ।

Posted by Butwalonline on 6:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमको चपेटामा"

Leave a reply