|

नक्कली तमसुक खडा गरेर लाखौको संपत्ति हडप्ने दाउपेच

किरणमान बज्राचार्य,कपिलवस्तु, ६  असोज कपिलवस्तुको बैदाली गाबिस– ३ रमनगराका कल्लन भन्ने ठुलो कल्लन मुसलमानको संपत्ति हडप्नका लागि बिभिन्न दाउपेच शुरु गरिएको छ । स्थानीय राजनीतक दलका नेता, गाबिस सचिव, कल्लनका छोराहरु लगायतका ब्यक्तिहरुले संपत्ति हत्याउन अनेक हत्कण्डा अपानाईरहेका हुन ।

भारतको चतरा भन्ने स्थानमा बस्दै आएको उनको संपत्ति आफनो नाममा दर्ता गराउन उनीहरुले नक्कली सही छाप भएको तमसुक , जीउदो मानिसलाई मरेका र बेपत्ता भएको भन्ने कागज बनाएको स्थानीय गााउलेहरु बताउछन् । २०५६ सालमा कल्लनको संपत्ति हात पार्न अनेक उपाय गरे पनि केही सीप नलागे पछि चुप लागेर बसेका उनीहरु फेरी गत भदौ महिना देखि सो संपत्ति आफनो नाममा गराउनकालागि षयडन्त्र शुरु भएको स्थानीय गााउलेहरु बताउछन् । 

उनीहरुका अनुसार कल्लनको नाममा रहेको पर्सोहिया गाबिस – क र गोटिहवा गाबिस– ९ मा १० कित्तामा गरी सवा तीन बिघा खडेरी आफनो नाममा पार्नका लागि अदालत, मालपोत, गाबिस कार्यालय लागयतका निकायमा दौडधुप शुरु भएका छ । लाखौ मुल्य पर्ने सो घडेरीका हत्याउन उनकै छोराहरु छेदी र अरहबुन मुसलमान, पस्रोहिया गाबिसका सचिव अयोध्या बिश्वकर्मा, गोटिहवा गाबिसका सचिव जगत नारायण दुबे, प्राबिधिक सहायक राधेश्याम चौधरी लगायतहरु लागि परहेका छन् ।

२०२१ सालमा बढई थर की कान्छी एक महिलासंग दास्रो बिवाह गरे पछि धर्म परिवर्तन सम्बन्धी परेको मुद्दामा कल्लनलाई अदालतले ६ बर्षको सजायको फैसला गरेको थियो । सो लगत्तै उनी कान्छी श्रीमतिसंग भारतको चतरा भन्ने स्थानमा आफनी छोरी ज्याईको घरमा बस्दै आएका छन् । २०५६ सालमा छोरा छेदीले बुवा कल्लनको मृत्यु भईसकेको भन्दै मालपोत कार्यालयमा सो जग्गा रोक्का गर्न तथा अदालतमा अंशबण्डाको गर्न आमा अरबुन निसा र भाई हमीदुल्लाहमाथी मुद्दा दिएका थिए । सो निबेदन पछि हालसमम्म सो जग्गा रोक्का रहेको मालपोत कार्यालयले जनाएको छ । सो जग्गाको हाकदाबीका लागि मालपोतले २०५७ कार्तिक २१ गते १५ दिने सुचना जारी गरेको थियो । आफनो संपत्ति हत्याउन छोरा छेदीले गरेको षडन्त्रण थाहा पाई कल्लनले आफु जिवित रहेको तथा नेपाली नागरिकताको फोटो कपी मालमा  पेश गरेका थिए । त्यस पछि अदालतमा बादी र प्रतिबादी बिच मिलापत्र भएको थियो । अरबुनको भने २०५७ चैत ३० मा मृत्यु भईसकेको छ ।

संपत्ति हडप्नका लागि फेरी खेल शुरु भएको छ गााउका महबुव मुसलमानले भने । त्यसका लागि गाबिस सचिवहरु तथा स्थानीय नेताहरुले कल्लनले लाखौ रुपैया घरर्खका लागि  लिएको भन्दै नक्कली तमसुक खडा गरिएको उनले बताए । आधा दर्जन ब्यक्तिले उनी बिरुद्ध एक करोड ७१ लाखको तमसुक बनाएको उनको भनाई छ । सो कार्यलाई मुर्तरुप दिन र सही छाप तथा फोटो लिन गत भदौ २२ गते गाबिस सचिव बिश्वकर्मा, दुबे तथा चौधरी तीन जना भरतको चतरा गएका थिए । पक्षघातबाट थला परेका कल्लनलाई तमसुकमा सही छाप गराई मोबाईलबाट फोटो खिच्नेक्रममा छोरी ज्वाईले यो कुराको चाल पाई उनीसहीत नातेदारहरुले बिश्वकर्मालाई आफनो नियन्त्रणमा लिई कुटेका थिए । सचिव दुबे र प्राबिधिक सहायक चौधरी भने भाग्न सफल भएका थिए । बिश्वकर्माको मोबाईल, सवारी चालक अनुमति पत्र लगायतका कागजात तथा मोटरसाईकल समेत उनीहरुले खोसेका थिए । घटना लगत्तै भारतको चिल्हीया थानकाट आएको प्रहरलिे सचिव सहीत केही ब्यक्तिालाई सोही दिन दिनभर नियन्त्रणमा लिई राति कागज गराएर छाडेका थिए । । 

सचिव बिश्वकर्मा कै एक निकट स्रोत अनुसार  यो कार्य गर्नका लागि सचिवहरुलाई ढेड लाखका दरले रकम तथा केही जग्गा दिने तय गरिएको थियो तर उनले कुटाई खाए पछि योजना तुहियो । संपत्ति आफनो नाममा गराउनका लागि बैदौली गाबिस– ८ का लईस पठान, पर्सोहया– ३ का हमीदुल्लाह मुसलमानले कल्लन बिरुद्ध ९५ लााख ५१ हजार ६ सयको लनेदने संबन्धी मुद्दा गत भदौ १ गते दिएको अदालतले जनाएको छ । यस्तै गत भदौ १२ गते महाराजगंज– ५ का उजैर मुसलमानले समेत कल्लन बिरुद्ध नै ४१ लाख ४९ हजार नौ सय रुपेयाको अर्को लेनदेनको मुद्दा दर्ता गराएका थिए ।  सचिव बिश्वकर्मा कुटिएको एक चार दिन पछि उजैरले गत भदौ २६ गते सो मुद्दा अदालतबाट फिर्ता लिएका थिए । सो घटनापछि तमसुक बनाएका अन्य ब्यक्ति अदालतमामुद्दा दिन डराएको तथा हमीदुल्लाहले समेत मुद्दा फिर्ता लिने संभावना बढेको स्रोतले बताएको छ ।

उता सचिव बिश्वकर्मा र चौबेले आफुहरु भारतमा नातेदारलाई भेटन गएको दाबी गरे । उनीहरुले घटनामा आफुहरको कुनै संलग्नता नरहेको बताए । हामीहरुले कुनै सिफारिस दिएका छैनौ, घटना बारे केही थाहा पनि छैन उनीहरुको भनाई छ । उता स्थानीय गााउलेहरुले प्रपंच गर्ने सचिवहरुमाथी कारबाही हुनु पर्ने माग गरेका छन् ।

Posted by Butwalonline on 6:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नक्कली तमसुक खडा गरेर लाखौको संपत्ति हडप्ने दाउपेच"

Leave a reply