|

संविधानका विवादित बिषयमा सहमति भए माओबादी सरकारबाट हट्ने

रुपन्देही,६ असोज । अर्थमन्त्री बर्षामान पुन अनन्तले एजेन्डामा सहमति नभई काग्रेसलाई सरकार दिन नसक्ने बताएका छन् । संविधानका विवादित बिषयमा सहमति नभईकन काग्रेसलाई सत्ता सुम्पिए आफुहरुको एजेन्डा ओझेलमा पर्ने उनको भनाई छ ।

रुपन्देही ब्यपार संघको ११ औं साधारणसभालाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पुनले ५ बुदे सहमतिको आधारमा काग्रेसलाई सरकारको नेतृत्व दिन तयार रहेको बताए । उनले भने –‘संघियता,राज्यपुर्नसंरचना जस्ता बिषयमा सहमति नभईकन काग्रेसलाई सरकार दिनु भनेको सर्वसत्तावाद आउनु हो’ उनले भने । उनले राष्ट्रपति र प्रधानमन्त्रि दुवै काग्रेसको नेतृत्वमा हुदा संविधानसभामा उठेका मुद्धाले स्थान नपाउने शंका गरे । उनले संविधान घोषणा गर्ने आधार सहित विवादित बिषयमा सहमति भए काग्रेसलाई सरकार दिन माओबादी तयार रहेको बताए ।

जेठ १४ गते राती संविधान घोषणाका लागि सरकार अन्तिम समयसम्म लागि परेको बताउदै दलहरुको अडानै कारण विघटन भएको तर्क गरेका थिए । ‘प्रधानमन्त्रि त्यो दिन गोजीमा राजीनामा लिएर जानुभएको थियो’ उनले थपे –‘तर दलहरुको अडानले विघटन भयो ।’ सरकारले देशलाई दुर्घटनाबाट बचाउनका लागि संविधानसभाको चुनावको घोषणा गरेको समेत प्रष्ट्याए । सहमतिको विकल्प नभएको भन्दै पछिल्ला दिनमा सकरात्मक संकेत देखिएको भन्दै त्यसलाई अन्तिम रुप दिन छलफल चलिरहेको बताए ।

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानका विवादित बिषयमा सहमति भए माओबादी सरकारबाट हट्ने"

Leave a reply