पारदर्शी हुनुस सरकार सहयोग गर्न तयार छ -अर्थमन्त्री पुन
विनोद परियार । रुपन्देही,६ असोज । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ले उद्योगि ब्यवसायि पारदर्शी भए सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । निजि क्षेत्रका उद्योगको संरक्षण र प्रबद्धनका लागि सरकार प्रयत्नशिल रहेको बताउदै पारदर्शी रुपमा संचालन भएका उद्योग ब्यवसायलाई सरकार सहयोग गर्न तयार रहेको बताएका हुन । ‘उद्योग,ब्यवसायमा धेरै समस्या छन्’ रुपन्देही ब्यापर संघको ११ औं साधारसभालाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्रि पुनले भने –‘आर्थिक समृद्धिमा लाग्ने उद्योगको सम्बर्दनमा सरकार सहयोग गर्छ ।’
भन्सार शुल्क,खुल्ला सिमा,न्यून मूल्याङकन,सुरक्षा जस्ता समस्या रहेको बताउदै मन्त्री पुनले यो समस्याप्रति राज्य गम्भिर भएको बताए । सरकारले औद्योगि सुरक्षा र राजस्वका लागि भनेर २२ सय ससस्त्र प्रहरीको दरबन् स्विकृति गरेको उनले जानकारी दिए । उनले भन्सारमा केहि कमजोरी भएको भन्दै निति निर्माण तहमा छलफल गरेर अगाडि बढ्ने आश्वासन समेत दिए ।
सहभागि उद्योगी ब्यापारीहरुले औद्योगिक क्षेत्रमा तमाम समस्या हुदा पनि सरकारले सुरक्षा दिन नसकेको गुनासो राखेका थिए । साधारण सभामा ब्यापार संघका अध्यक्ष टंकप्रसाद पोखरेलले यस क्षेत्रका उद्योगीहरु खुल्ला सिमाका कारण मर्कामा परेको बताए । सरकारले संक्षिप्त प्राज्ञापनपत्रको शुल्क एक सय बाट एक हजार पुर्याएपछि यस क्षेत्रका ब्यवसायिहरु मर्कामा परेको बताएका थिए ।
कर्यक्रममा अर्थ मन्त्रालयका सह सचिव शान्तराज सुवेदी, आन्तरिक राजस्व बिभागका उपमहानिर्देशक बिष्णुप्रसाद नेपाल, राजस्व अनुसन्धान बिभागका महानिर्देशक जन्मजय रेग्मी, कार्यक्रममा पुर्व सभासद् तथा नेपाली कांग्रेसका नेता सुर्यप्रसाद प्रधान, नेकपा एमाले लुम्विनी अंचल कमीटी सचिव खिमलाल भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष तेजप्रसाद पाठक, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपक ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, लगायतले बोल्दै आर्थिक समृद्धिका लागि दलहरु सहमति अनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
विस २०५७ सालमा स्थापना भएको ब्यपार संघको साधारण सभामा महासचिव यमलाल लोहनीले बार्षिक प्रगति विवरण पेश गरेका थिए ।