स्वतन्त्र विद्यार्थी युनियन-क्रान्तिकारी र नर्सिङ कलेजविच सहमति
बुटवल,६ असोज । अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियन –क्रान्तिकारी सिटीईभिटी दक्षिण जिल्ला समितीले भदौ १५ गते देखी नर्सिङ कलेजको लेखा शाखामा लगाएको ताला खुलेको छ । दुई पक्षविच सनिवार भएको वार्तामा नर्सिङकलेजले सहमती कार्यान्वयन गर्ने सहमत भएपछि ताला खुलेको उक्त विद्यार्थी संगठनले जनाएको छ । नर्सिङ कलेज संचालक र अखिल–क्रान्तिकारी) सिटीईभिटी दक्षिण जिल्ला समिती विच आठ वँुदे सहमती भएको हो । सहमती पत्रका वार्ता टोली सदस्य तथा मेडीटेक इन्टरनेश्नल कलेजका संचालक गोविन्द खनाल, एडभान्स स्टडी अफ हेल्थ साईन्सका चेतन भण्डारी र विद्यार्थी संगठनवाट तर्फवाट सुरजसिंह ठकुरीले हस्ताक्षर गरेका छन ।
आज वुटवलमा पत्रकार सम्मेलन गरी समितीले सिटीईभिटी र सम्वन्धीत काउन्सीलको मापदण्ड पुरा नभएका कलेजहरुले तत्काल मापदण्ड पुरा गर्ने , मापदण्डपुरा भए/नभएको अनुगमन गर्न कार्यदल गठन गर्ने, भर्ना प्रकृया पारदर्शी गर्ने तिन वर्षको शुल्क एकमुष्ट लिन नपाउने लगायतको सहमती भएको जनाएको हो ।
त्यसैगरी होस्टल अनिवार्य नगर्ने , विद्यार्थीले चाहेमा आफै मेष चलाउन पाउने , एक कोठा वरावर २ जना मात्र राख्न पाईने, होस्टलमा भर्ना शुल्क नलिन नर्सिङ कलेज संचालक सहमत भएका छन । शुल्क सन्दर्भमा नर्सिङ संकाय अन्तर्गत सिटीईभिटीले निर्धारण गरे वमोजिम अधिकतम ३ लाख ९६ हजार मात्र लिने सहमती भएको जनाईएको छ ।