काठमाडौमा संगठित तथा सशस्त्र रुपमा डकैती गर्ने मुख्ये नाईके पक्राउ
काठमाडौं, आश्विन
६ - उपत्यकाका विभिन्न ठाउँमा संगठित तथा सशस्त्र रुपमा डकैती गर्ने मुख्ये नाईके भारतीय नागरिक विजय गुप्तलाई आज प्रहरीले पक्राउ गरेको छ । गत साउन ३ गते गोंगबुस्थित धौलागिरी सुनचाँदी पसलमा डकैती गर्न गएका भारतीय नागरीकहरु रमेश ठाकुर, रञ्जित कुमार सिंह र संजोग पाललाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले आज गुप्तालाई डल्लुबाट पक्राउ गरेको हो ।
भारत, विहार चकमेशी थाना चोकका वासिन्दा गुप्ता विगत ११ वर्षदेखि काठमाडौको गोंगबुमा रिद्धिसिद्धि हार्डवेयर संचालन गर्दै आएको प्रहरीले जनाएको छ । गुप्ताको समूहले टेकुमा प्रकाश अग्रवालको घरबाट ४० लाख तथा सुनका गरगहना र सितापाइलामा राजेन्द्र श्रेष्ठको घरबाट १५ लाख भन्दा बढी धनमाल र गरगहना डकैती गरेको प्रहरीले जनाएको छ ।
गुप्ताले डकैतीको योजना बनाएर लूटपाटका लागि भारतबाट हतियार र लूटेराहरु झिकाएर डकैती गर्ने गरेको प्रहरीले जनाएको छ । गुप्तासँग सुनसरीबाट लिएको नेपाली नक्कली नागरीकता र सोही आधारमा बनाएको ड्राइभिङ लाइसेन्स समेत लिएको प्रहरीले जनाएको छ । गुप्ताको समुहका ६ जना भन्दा बढी भारतीय नागरीकहरु फरार रहेको पनि प्रहरीले जनाएको छ ।(समाचार इमेज च्यानल बाट)