|

फस्यो नेपालीको आधा अर्ब हङकङको नेटवर्किङमा


काठमाण्डौं असोज ६ - हङकङमा कमाएको पैसाले बेलायतमा विलासी जीवन विताउन तीन बर्ष अघि लन्डन पुगेको पोखराका विष्णुकुमार दमाई नेटवर्किङवाट महिनामै दस लाख कमाउने लोभमा हङकङ फर्किए । आफ्नै सहकर्मी ललित राईको लहलहैमा ऋण गरी ७० लाख रुपैयाँ फसाएपछि ठगिएको चाल पाएका उनी अहिले गहिरो पश्चतापमा छन् । धरौटी राखेको सुन निखन्न तथा हङकङ र पोखराको ऋणको व्याज तिर्न विष्णु र श्रीमती यमा दिनरात मिहिनेत गर्दैछन् ।

नेटवर्किङमा ७० लाख पसेपछि धरानकी माला पुनले ऋणको भार खप्न नसकेर तीन पटकसम्म हङकङमै आत्महत्याको प्रयास गरिन् । नक्कली मितिनिको जालमा परेर नेटवर्किङ धन्दामा फसेकी उनी अहिले रेस्टुरेन्टको पुरानै काममा फर्केकी छन् । व्याज र माइतीबाट लिएको ऋण तिर्न माला र उनका श्रीमानलाई अतिरिक्त काममा खटिनुको विकल्प छैन् ।

हङकङमा कमाएको पैसाले नेपालमा घरजग्गा सहित सम्पत्ति जोड्ने धेरै भएपनि विष्णु र मालाले त्यहाँका झन्डै एकहजार पाँच सय नेपालीको प्रतिनिधित्व गर्ने गरेका छन् । जसले ताइवानी नेटवर्किङको जादुमय धन्दामा फसेर ५४ करोड रुपैयाँ डुवाए । त्यसको दस प्रतिशतमात्र हङकङमा काम गरेर कमाएको र करिब ५० करोड रुपैयाँ नेपालबाटै लगेर फसाएको देखिएको छ ।

हङकङमा काम गर्ने प्रायः नेपालीसँग आठदस लाख नगद हुने र कमाएर तिर्ने आँटमा ऋण समेत गर्न सक्ने भएकाले एजेन्टहरुले त्यसबाट सहजै फाइदा उठाएको पाइन्छ ।(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 6:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फस्यो नेपालीको आधा अर्ब हङकङको नेटवर्किङमा"

Leave a reply