|

प्रसूति गृहमा शल्यक्रिया गरिएकी एक महिलामा पुनः संक्रमण


काठमाण्डौं असोज ६ - थापाथली स्थित प्रसूति गृहमा बिहीबार राती शल्यक्रिया गरिएकी एक महिलामा पुनः संक्रमण देखिएको छ । बसुन्धराबाट सुत्केरी गराउन आउकी २४ बर्षकी चम्पा पुरीलाई शल्यक्रियापछि संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।

घटनापछि पुनः अस्पतालको शल्यक्रिया कक्ष बन्द गरिएको छ भने बच्चा जन्माउने व्यथा लागेर आकस्मिक कक्षमा आउने फाट्ट फुट्ट विरामीलाई पनि भर्ना नलिई फकाईएको छ ।

बच्चा जन्माउनका लागि नेपालकै पुरानो प्रसूतिगृहको लापरबाहीको घटना बाहिर आएपछि बच्चा जन्माउन आउनेको संख्या कम हुन थालेको छ । बिहीबार मुस्किलले चार/पाँच जना आएको अस्पताल स्रोतले जनाएको छ । सुत्केरी गराउन आएका केही महिलाहरु भने घटनाका बारेमा जानकारी पाएपछि फर्किएको एक कर्मचारीले बताए ।(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 6:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रसूति गृहमा शल्यक्रिया गरिएकी एक महिलामा पुनः संक्रमण"

Leave a reply