‘श्रमजिवीका पक्षमा राज्य छैन’ ट्रेड यूनियन महासंघ केन्द्रिय संयोजक -रामदीप आचार्य
बुटवल,७ असोज । नेकपा माओबादी निकटको नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ रुपन्देहीको आयोजनामा आज बुटवलमा राष्ट्रिय औद्योगिक विकासमा मजदुर र उद्योगी ब्यवसायिहरुको भूमिका बिषयम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय संयोजक रामदीप आचार्यले मजदुर वर्गका पक्षमा राज्यको संरचना नभएकाले यसका लागि श्रमजीवी वर्ग एक हुनुपर्ने बताउनुभयो ।
उहाले मजदुर र ब्यवासयिका विचमा दुरी बढेको बताउदै त्यसलाई कम गर्नुपनेै धारणा राख्नुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे केन्द्रिय महासचिव डिवि पुनले राष्ट्रिय निति नियमको कमजोरीले गर्दा मजदुर वर्ग राज्यको थिचोमा परेको बताउनुभयो । महासंघका रुपन्देही संयोजक कृष्ण क्षेत्रीको अध्यक्षता,केशव न्यौपानेको संचालनमा भएको कार्यक्रममा,अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रिय संयोजक ठाकुर चापागाई, अखिल नेपाल शिक्षण संगठन क्रान्तिकारीका केन्द्रिय महासचिव घनश्याम पाठक लगायतले बोल्दै मजदुरको सत्ता प्राप्तका निम्ति संघर्ष गनुपर्नेमा जोड दिनुभएको थियो