|

जनजाति महासंघ (एकीकृत)द्वारा केन्द्रीय स्तरको प्रशिक्षणको तयारी

बुटवल,७ असोज । अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)ले असोज २६ र २७ गते बुटवलमा गर्ने केन्द्रीय स्तरको प्रशिक्षणको तयारी गर्नका लागि दुई ओटा समिति गठन गरिएको छ ।

महासंघ,रुपन्देहीको आज रानीबगियामा बसेको बैठकले उक्त समिति गठन गरिएको हो । बैठकले केन्द्रीय सदस्य क्याप्टेन शेरबहादुर पुनको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । समितिको सदस्यमा गोरख रोका,मानबहादुर थापा,यमबहादुर राना,टीकाराम काउचा सदस्य रहनु भएको छ । त्यस्तैं केन्द्रीय सचिवालय सदस्य दलबहादुर छन्त्यालको संयोजकत्वमा हल व्यवस्थापन समिति बनाइएको छ । महासंघका अध्यक्ष ओमबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो । प्रशिक्षणमा जनजाति अगुवा डा. ओम गुरुङ,महासंघका अध्यक्ष नगेन्द्र राई,नेकपा एकीकृतका पोलिटव्यूरो सदस्य कमल चौधरी लगायत आउंनु हुंने जनाएको छ ।

Posted by Butwalonline on 6:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजाति महासंघ (एकीकृत)द्वारा केन्द्रीय स्तरको प्रशिक्षणको तयारी"

Leave a reply