फेवा बचतको चौथो साधारणसभा बुटवलमा सम्पन्न
विनोद परियार, बुटवल,७ असोज । सामाजिक कल्याण तथा शेयर सदस्य राहात कोष र बीमा कोष स्थापना गर्ने निर्णय गदैं श्री फेवा बचत तथा श्रण सहकारी संस्था लिमिटेड बुटवल ८ रुपन्देहीको चौथो साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ ।
समाज तथा शेयर सदस्यका लागि अनुदान सहयोग गर्ने सोंचका साथ कोषको स्थापना गरिएको संस्थाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।शेयर सदस्य राहत कोषको रकम एक लाख पचपन्न हजार एक सय पचहत्तर रहेको श्रेष्ठले बताउंनु भयो ।
साधारण सभाले संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०६८/६९ को एक करोड पचांसी लाख पांच सय पचहत्तर रुपैयां उन्नाइस पैसाको बजेट पारित गदैं ०६९/७० को भावी कार्ययोजना समेत पारित गरिएको छ ।संस्थामा हाल दुई सय बयानब्बे महिला र दुई सय पच्चिस पुरुष शेयर सदस्य गरि जम्मा पांच सय शत्र जना शेयर सदस्य रहेका छन् । यस अघि साधारण सभामा ल्याण्डमार्क हस्पितलका प्रबन्धक डा.केदारचन्द्र भुसाल,संस्थाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठ,अनिज,रुपन्देहीका सचिव टेकबहादुर मास्कीराना,शेयर सदस्यहरु प्रेम सोमै,सहदेव भण्डारी लगायतले बोल्नु भएको थियो ।