जातीय विभेद र छुवाछुत बिरुद्ध राष्ट्रव्यापी सामूहिक अभियानको तयारी
विनोद परियार, बुटवल,७ असोज । जातीय विभेद र छुवाछुत अन्त्यका लागी राष्ट्रव्यापी सामूहिक अभियानलाई सफल पार्न बुटवलमा गठित स्थानीय आयोजक तयारी समितिले कार्य विभाजन गरेको छ ।
आगमि मंगलबार बुटवल आउने टोलीलाई बुटवलमा स्वागत एंव छुवाछुत विरुद्ध रचनात्मक कार्यक्रम गर्ने गरि कार्यविभाजन गरिएको हो । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति गोविन्द खनालको संयोजकत्वमा गठित तयारी समितिले धर्मगुरु,राजनीतीक दल,अधिकारर्मी,नागरिक समाज सरकारी कार्यालयका प्रमुख सहितको उपस्थितीमा छलफल एंव सहभोज कार्यक्रम गर्ने भएको हो ।
खनालले धर्मगुरु बोलाउने र सहभोजको ब्यवस्था गर्ने,युवा नेता प्रजापाल गिरीले राजनतिक दल,भातृसंगठन तथा गैरसरकारी संस्था,इन्सेका प्रतिनिधी अमृत गिरीले अधिकारकर्मी र नागरिक समाज,अनिजका टेक बहादुर मास्की रानाले आदिवासि जनजाती र जातिय संगठन एंव पत्रकारलाई समन्वय गर्ने गरि कार्यविभाजन गरिएको हो । यस्तै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय बुटवल प्रमुख दिपक जंगध्वज कार्कीले सरकारी कार्यालय,महिला पैरवीका कमला गहतराजले दलित अगुवा र दलित संस्था,सृजनसिल समाजका रिमा विसिले ब्राहमण क्षेत्री समाजका अगुवा र महिला अधिकारकर्मी तथा रेडियो जागरणका स्टेशन म्यानेजर शिवजी गायकले अभियान टोलीलाई बस्ने प्रबन्धको ब्यवस्था गन गरि कार्यविभाजन भएको छ । १ सय ८० जना सहभागि गराउने गरि कार्यविभाजन गरिएको संयोजक खनालले बताउनुभयो ।
२५ सदस्यीय गैरदलित युवाहरुले देशब्यापी रुपमा जातिय छुवाछुतका विरुद्ध अभियान शुरु गरेका छन् । रमेश अधिकारीको नेतृत्वमा जातिय छुवाछुत विरुद्ध मेची महाकाली यात्रा शुरु भएको टोली चितवन,तनहु,कास्ती,पर्वत स्याङजा,पाल्पा हुदै टोली मंगलबार बुटवल आउने छ हो ।