|

बालअधिकार चेतना समूहका लागि तीन दिने तालिम बुटवलमा सुरु


विनोद परियार, बुटवल,७ असोज । वालअधिकार प्रवद्र्धनका लागि मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालित पश्चिमाञ्चलका विभिन्न सामुदायिक विद्यालयका बालअधिकार चेतना समूहका लागि तीन दिने तालिम शनिबारदेखि बुटवलमा सुरु भएको छ ।

मानवअधिकार तथा सामाजिक न्यायका निम्ति जारी इन्सेकको अभियान अन्तर्गत सञ्चालित बालअधिकार प्रवद्र्धन कार्यक्रममा सहभागी विद्यालयका चेतना समूहका लागि तालिम सञ्चालन भएको हो । तालिममा रुपन्देही, नवलपरासी र गुल्मीका १५ वटा सामुदायिक विद्यालयका बालचेतना समूहका ३० जना विद्यार्थी सहभागी छन् ।

तालिमको एक समारोहबीच राष्ट्रिय मानवअधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजंग ध्वज  कार्कीले उद्घाटन गरे । तालिम उद्घाटन शत्रमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख शिव खकुरेल, सिर्जनशील समाजका संयोजक रीमा विसी, इन्सेक क्षेत्रीय कार्यालयकै गणेश श्रेष्ठ, इन्सेक रुपन्देही प्रतिनिधि अमृत गिरी तथा नवलपरासीका प्रतिनिधि नारायण पराजुली, विद्यार्थीहरु सन्तोषी भट्टराई, मनोज बराल र सफीउद्धीन दर्जीलगायतले बोल्नुभएको थियो ।


Posted by Butwalonline on 6:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बालअधिकार चेतना समूहका लागि तीन दिने तालिम बुटवलमा सुरु"

Leave a reply