लुम्बिनीखबर पत्रिकाको प्रथम वार्षिक उत्सव सम्पन्न
विनोद परियार,बुटवल,१८ भदौ । भैरहवाबाट प्रकाशित लुम्बिनीखबर पत्रिकाको प्रथम वार्षिक उत्सव समारोहको शान्ति तथा पुर्ननिर्माण मन्त्रि टोप बहादुर रायमाझीले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै मन्त्रि रायमाझीले ऐतिहासीक कालखण्डलाई समीक्षा गर्दै अगाडी बढ्ने यो बर्तामान राजनितीक परिपेक्षमा सबैको सहयोगको आवश्यकता भइरहेको बताउनु भयो । उहाले सबैमा एकता र सहकार्यकालागी सञ्चार जगतको भूमीका सकारात्मक हुनुपर्ने बताउनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन चापागाईले नेपाली पत्रकारिता जगतलाई सरकारले सहयोग नगरेको बताउनु भयो ।
कार्यक्रममा प्रधान सम्पादक डा. घनश्याम परिश्रमी ,सम्पादक नरेश के सी अध्यक्ष शम्भु प्रसाद खनाल ,सिद्धार्थनगर उद्योग वाणिज्य संघका महासचिव कुल प्रसाद न्यौपाने, एमालेका जिल्ला सदस्य हितराज पन्थि, नेपाल राष्टिय उद्योग व्यापार संगठनका रिशीराम शर्मा, सिचांइ डिभीजन कार्यलयका प्रमुख बसन्त रायमाझी, लुम्बिनी अञ्चल प्रहरी प्रमुख एस एस पी बोम बहादुर भण्डारी , सम्मानित लेखकका तर्फबाट उमेश रिजाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक कमल रायमाझीको सञ्चालन तथा कार्यसमिती उपाध्यक्ष प्रकाश पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।