नक्कली चेसिस नम्बर राखेर सञ्चालन गरिएका सवारी साधन प्रहरी नियन्त्रणमा
विनोद परियार,बुटवल,१८ भदौ । इलाका प्रहरी कार्यालय बुटवलले बिगत डेढ महिनामा एक दर्जन नक्कली सवारी साधन नियन्त्रणमा लिएको छ ।बुटवलका विभन्न स्थानबाट नियन्त्रणमा लिएका १५ वटा सवारी साधन मध्ये अनुसन्धानपछि १२ वटा नक्कली प्रमाणित भएको प्रहरीको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरुमा भे १ च ४१०, लु १ ज ७७४, लु १ च १६७३, लु १ ज १२९८, लु १ ज ९२८, लु १ ज ३०८५, लु १ ज १८७६ नम्बरका रहेका छन् ।
इलाका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिएका अन्य सवारी साधनहरुमा ग १ च २४८४, लु १ च १७३०, लु १ ज ५५७, लु १ ज १०१९ र लु १ ज २०९४ नम्बरका रहेका छन् । नियन्त्रणमा लिएका ती सवारी साधनहरु अनुसन्धानको क्रममा नक्कली प्रमाणित भएको प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।नक्कली चेसिस नम्बर राखेर सञ्चालन गरिएका र भन्सार छलेर ल्याइएको बताउदै उहाले नक्कली प्रमाणित भएका सवारी साधनलाई भैरहवा भन्सार कार्यालय चलान गरिने जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएका तीनवटा सवारी साधन भने सक्कली भएको पाइएको छ । लु १ ज १४०७, लु १ ज ७७३ र बा ७ च १६८१ नम्बरका सवारी साधन अनुसन्धानपछि सक्कली प्रमाणित भएकाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।नक्कली प्रमाणि भएका सवारी साधन मध्ये केही सवारी साधन भाडामा सञ्चालन गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस क्षेत्रमा केही समययता नक्कली सवारी साधन नियन्त्रण अभियानलाई तीब्रता दिएको छ ।