|

मरेङ रुपन्देही सम्पर्क मञ्च बुटवलद्वारा एम्बुलेन्स सेवा सञ्चालन


विनोद परियार,बुटवल,१८ भदौ । शान्ति तथा पुन:निर्माण मन्त्री टोपबहादुर रायमाझीले सबै दलले दम्भ त्यागेर सामुहिक सहमतिमा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।उहााले एकले अर्कोलाई दोषी देखाएर उम्कने अवस्था नरहेको बताउदै पछिल्ला केही दिनमा भएका सकारात्मक छलफलले आशा पलाएको विचार व्यक्त गर्नुभयो ।

मरेङ रुपन्देही सम्पर्क मञ्च बुटवलले सोमबारदेखि सञ्चालन गर्न लागेको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एम्बुलेन्स सेवा समाज सेवा र मानव सेवाको क्षेत्रमा महत्वपूर्ण भएको बताउदै यसलाई सार्थक निष्कर्षमा पुराउन सबैजना लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री रायमाझीले लुम्बिनी–ढोरपाटन मोटर बाटो,व्यवशायिक कृषि खेती,मरेङमा सुन्तला खेती तथा पर्यटन पूर्वाधारले अर्घाखााचीलाई सम्पन्न बनाउन सक्ने बताउदै त्यसका लागि विस्तृत कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष ऋषि आजादको अध्यक्षता सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा मरेङ गाविसका पूर्व गाविस अध्यक्ष चुरामणी भुसाल,अर्घाखााची रुपन्देही सम्पर्क मञ्चका लोकनाथ पाण्डे,बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ज्योति भण्डारी,उपाध्यक्ष यमप्रसाद आचार्य,कोषाध्यक्ष बाबुराम आचार्यलगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 6:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मरेङ रुपन्देही सम्पर्क मञ्च बुटवलद्वारा एम्बुलेन्स सेवा सञ्चालन"

Leave a reply