पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
काठमाण्डौं भदौ १८-नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराती अबेर बसेको निगम सञ्चालन समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो ।
निगम स्रोतका अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ, डिजेल तथा मट्टतिेलमा चार रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ बढाउने निर्णय भएको छ । यो मुल्य आइतबार रातीदेखिनै कार्यान्वयनमा आएको छ । साथै खाना पकाउने ग्यासँमा प्रति सिलिण्डर ५५ रुपैयाँ बढाउने निर्णय तयारी निगमले गरेको छ ।
बढेको मूल्यसँगै अब उपभोत्ताले पेट्रोल प्रतिलिटर एकसय २५ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टतिेल ९७ रुपैयाँ, हवाई इन्धन एकसय २० रुपैयाँ ६९ पैसा र एलपी (खाना पकाउने ग्यास ) प्रति शिलिन्डर एकहजार चारसय ७० रुपैयाँ पर्ने छ ।
यसैबीच पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विभिन्न दल सम्बद्ध युवा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीले कृषि विकास मन्त्रालयका बा १ झ ८४५२ नंबरको गाडीमाथि तोडफोड गरेका छन् ।
समाचार ऑनलाइन खबर बाट