तिज सभ्य बनाउन एकता जरुरी
बिनोद परियार,बुटवल,१८ भदौ । नेपाली महिलाले मनाउने हरितालिका तीज भड्किलो भएको भन्दै मर्यादित बनाउन महिला अधिकारकर्मिहरुले जोड दिएका छन् । तीज आपसी भाईचारा,सद्धभाव र एकताको पर्वको रुपमा रहेकाले मौलीक सस्कृतीलाई जोगाउदै सभ्यरुपमा तीज मनाउन उनीहरुले जोड दिएका हुन ।
रेडियो जागरणको साप्ताहिक कार्यक्रम कचहरीमा सहभागिहरुले गित संगित र लवाई खवाईमा सुधार गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सावित्रा अर्यालले तीज पर्वमा थुप्रै विकृति र विसंगति देखिएकाले सुधारका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाले सस्कृतिका नाममा निराहर ब्रत बस्ने प्रचलन गलत भएको भन्दै यस्ता गलतप्रथाविरुद्ध लाग्न समेत महिलालाई आग्रह गर्नुभयो । सास्कृतिकविद राजेन्द्र कुमार आचार्यले समयअनुकुल चाड पर्व मनाउने तरिका परिवर्तन भएपनि भड्किलो र असभ्यरुपमा विकास गर्न खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।
ब्रहमकुमारी ईश्वरीय विश्व विद्यालय बुटवलका शिक्षिका ब्रहमकुमारी सिताले सकरात्मक सोचका साथ तीजमा देखिएको विकृति हटाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार ईन्दिरा अर्याल,संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल,माया गौतम,सक्रिय पत्रकार महिला रुपन्देही अध्यक्ष भगवती पाण्डे,बुटवल महिला जेसिजका निर्वतमान अध्यक्ष सरिता श्रेष्ठ,रिजन श्रेष्ठ,कमला गहतराज लगायतले बोल्दै तीजलाई मर्यादित बनाउन सुझाव दिनुभएको थियो ।