लडाकु समायोजन विशेष समितिको वैठक जारी
काठमाडौं,भाद्र १८ । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना सम्बन्धि विशेष समितिको वैठक अहिले नयाँ वानेश्वरस्थित समितिको कार्यालयमा जारी छ । गत हप्ता बसेको वैठकले लडाकुको नागरिकतामा रहेको जन्ममितिका आधारमा उनीहरुलाई समायोजन प्रक्रियामा समावेश गर्ने निर्णय गरेपछि अव समायोजन प्रक्रिया अगाडि बढाउन वैठक बसेको हो । लामो समयसम्म विवादित बनेको लडाकुको जन्ममिति सम्बन्धि विवादलाई अन्त्य गर्दै दलहरुले नागरिकता अनुसार १८ बर्ष पुगेको दिनदेखि भर्ना भएको मान्ने सहमति गरेका थिए ।
यसअघि लडाकुहरुले आफूहरु नयाँ भर्तिको हिसाबले समायोजनामा नजाने अडान राख्दै आएपनि समितिले भने भर्ति प्रक्रियाकै रुपमा अघि बढाउने तयारी गरिरहेको छ । लडाकुको छनौट प्रक्रिया सम्पन्न भएपछि ३५ प्रतिशत लडाकु र ६५ प्रतिशत सेना समावेश गरेर नेपाली सेनाकै कमाण्डमा रहने गरी छुट्टै महानिर्देशनालय बनाइने छ ।समाचार इमेज च्यानल बाट