सिद्धार्थ गौतम बुद्ध क्याम्पस अनेरास्ववियु मुल इकाई कमिटी गठन
विनोद परियार,बुटवल,१८ भदौ । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको मुल इकाई कमिटी गठन भएको छ । सोमबार सम्पन्न विद्यार्थीहरुको भेलाले माधव पाण्डेको अध्यक्षतामा ७१ सदस्यीय मुल इकाई कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा विजय आचार्य,सचिव सवन पौडेल,सहसचिव सौरभ भुसाल,गोबिन्द पौडेल,हुमाकान्त पौडेल,कोषाध्यक्ष दीपेन बलाल र सदस्यहरुमा लोकेन्द्र कुंवर,शिव लम्साल,माइकल न्यौपाने लगायत रहेका छन् ।
यस्तै १ सय ११ सदस्यीय विद्यार्थी स्वयंसेवक र १७ सदस्यीय महिला विभाग समेत गठन भएको छ । पुर्व इकाई अध्यक्ष गोकर्ण टण्डनको अध्यक्षता र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा अवध संयोजक गोमबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी रुपन्देही क्षेत्र नं ४ का इन्चार्ज शरद ओली,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्य न्यौपाने,विष्णु थापा,कल्पना भाट लगायतले विद्यार्थीका हक अधिकार र शैक्षिक मुद्दामा संगठन खरो रुपमा उत्रिनुपर्ने बताएका थिए । कार्यक्रमको संचालन विजय आचार्यले गरेका थिए ।