परियोजना प्रस्ताव र प्रतिवेदन सम्बन्धि दुई दिने शीपमुलक अभिमुखीकरण कार्यक्रम संपन्न
बुटवल १२ असोज । बुटवलमा संचालित दुई दिने परियोजना प्रस्ताव र प्रतिवेदन सम्बन्धि दुई दिने शीपमुलक अभिमुखीकरण कार्यक्रम आज सकिएको छ ।दुई दिन सम्म चलेको कार्यक्रममा रुपन्देहीका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा जिविस,रुपन्देहीका सामाजिक अधिकृत दुर्गाप्रसाद श्रेष्ठ,कार्यक्रम अधिकृत उपेन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति,रुपन्देहीको आयोजना र जिविस,रुपन्देही तथा आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीको सहयोगमा भएको हो ।संस्थाका जिल्ला अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता,सचिव राजु गुरुङको संचालन तथा केन्द्रीय सचिव माया गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष धनबहादुर गुरुङ,जिविस,रुपन्देहीका कार्यक्रम अधिकृत उपेन्द्र ज्ञवाली लगायतले बोल्नु भएको थियो ।