बिद्यालयहरुको अशल अभ्यास सम्वन्धी एक दिने गोष्ठी रुपन्देहीको धकधईमा सम्पन्न
बुटवल १२ असोज । बालमैत्री बिद्यालयको राष्ट्रिय प्रारुपको प्रबोधीकरण तथा समुदाय द्धारा ब्यवस्थापन भएका बिद्यालयहरुको अशल अभ्यास सम्वन्धी एक दिने गोष्ठी रुपन्देहीको धकधईमा आज शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आयोजना गरेको गोष्ठीमा बोल्दै जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले बालमैत्री कक्षा अहिलेको आबश्यक्ता भएकोले प्रत्येक बिद्यालयमा बालमैत्री पूर्ण वाताबरण श्रृजना गरी पठन पाठन गर्नु पर्नेमा जोड दिनुभयो ।
उहााले बिद्यार्थीहरुलाई डर त्रास नदेखाई मैत्रीपुर्ण ब्यवहार प्रदर्शन गरी उनीहरुको चाहना र आबश्यक्ता अनुसार पठन पाठन तथा शिक्षण सिकाई गरिनु अवको आबश्यक्ता हो भन्नुभयो ।
धकधई श्रोतकेन्द्र अन्तर्गतका २६ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उप सचिव थानेश्वर ज्ञवाली, गागाराम आचार्य, मोतिराज पौडेल, बाबुलाल नेपाल र सिक्टहन निमाविका प्रधानाध्यापक दुधनाथ कुवरले सहजीकरण गर्नुभएको थियो ।