राष्ट्रिय जनमुक्ति पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम पम्पन्न
असोज १३, बुटवल,राष्ट्रिय जनमुक्ति पार्टी इकाइ कमिटि बुटवल वडा नं. ९ र १० को संयुक्त आयोजनामा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम पम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ र संघिय परिषद सदस्य दल बहादुर विरकट्टा मगरले कार्यकर्ताहरुलाई जातिय पहिचान सहितको संघियता, संघियता सहितको संम्बीधान हुनु पर्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । वडा नं. ९ का अध्यक्ष हरीलाल गुरुङको अध्यक्षता , वडा नं. १० का अध्यक्ष नन् नन् कुमार सारु मगरको स्वागतमा सम्पन्न कार्यक्रमलाई नर प्रसाद गुरुङले संचालन गर्नु भएको थियो । कार्यत्र mममा ११० भन्दा बढि कार्यकर्ताहरुले भाग लिएका थिए ।