कोकाकोलामा लेदो भेटियो
विनोद परियार,रुपन्देही,१६ भदौं । बुटवलको एक कोल्ड स्टोरमा विक्रिका लागि राखिएको कोकाकोलामा लेदो भेटिएको छ । बुटवल ११ तिनकुने स्थित आस्था कोल्ड स्टोरमा विक्रिका लागि राखिएको २ सय ५० एमएलको कोकाकोलामा अखाद्य लेदो भेटिएको हो । बेच्नका लागि भनेर क्यारेक्टबाट कोकाकोला निकाल्दा बोतल बाहिरैबाट देखिने जमेको बाक्लो च्याउ आकारको लेदो भेटिएको कोल्ड स्टोरका संचालक राम बहादुर थापाले बताए ।
‘उसै त ब्यापार छैन’ उनले भने –‘त्यसमाथी गुणस्तरहिन र अखाद्य बस्तु मिसाएर सामान आउछ ।’ उनका अनुसार तीन दिन अघि कम्पनीबाट कोकाकोला मगाईएको हो । भर्खर ब्यवसाय शुरु गरेका थापाले गुणस्तरहिन बस्तु उत्पादन गर्ने र अखाद्य बस्तु मिसाउने कम्पनीलाई कारवाही गर्न माग गरेका छन । अखाद्य र गुणस्तरहीन बस्तुकै कारण चिसो पेयपदार्थको विक्रि घटेको उनको भनाई छ । कृष सप्लायर्स मार्फत थापाले कोकाकोला खरिद गरेका हुन ।
सिसाको बोतलको कोकाकोलाको माथिल्लो भागमा जमेको च्याउ आकारको पदार्थ र पिधमा लेदोका टुक्राहरु भेटिएको हो । कोकाकोला सप्लायर्सले भने लिकेजका कारण यस्तो भएको प्रतिक्रिया दिएको छ । उपभोक्ताको स्वास्थयमाथि खेलवाड गरेर पटक पटक कोकाकोलामा लेउ,लेदो र अन्य अखाद्य बस्तु भेटिन थालेका प्रशाशनले कारवाही गर्नुपर्ने उपभोक्ताहरुको भनाई छ ।
तस्विर : तल दिएको तस्विर हेर्नुहोस "लेदो सहितको कोकाकोला बोतल"

Posted by Butwalonline
on 5:12 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response