Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( उच्च शिक्षा )
कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।
राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
शैक्षिक संस्थाहरुसंग विद्यार्थी संगठनको विवाद हुनु त्यति नौलो कुराहोईन । शिक्षामा ब्यापारीकरण,भयो,मौलीकता गुम्यो,शिक्षा अब्यबहारीक भयो भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्न थालेको लामै समय भयो । तर अझै सम्म पनि अन्यौलाता उस्तै छ । नत विद्यार्थी संगठनले भनेजस्तै शैक्षिक ब्यवस्थामा छ,नत शैक्षिक संस्थाहरु स्वतन्त्ररुपमा संचालन हुननै सकेका छन् । पछिल्लो सयमा शैक्षिक संस्थाहरु खासगरि कलेजहरुको नाम अग्रेजी राखेको भन्दै यस क्षेत्रमा पनि एक विद्यार्थीसंगठनले बसमै आगजनी ग¥यो । जसका कारण विद्यार्थी संगठनले आतंक फैलाएको कलेज संचालकहरुको भनाई छ । संवाद र सहजरुपमा कसरी उच्च शिक्षालाई ब्यवस्थित गर्न सकिएला अनि यस क्षेत्रमा विद्यार्थी संगठन र शैक्ष्ँिक संस्थाका विचको मौसमी विवादलाई कसरी हलगर्न सकन्छि, आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्नेछौं । आजका छलफलका लागि हामीसंग हुनुहुन्छ उच्च माध्यमिक विद्यालय संघ हिसान रुपन्देहीका अध्यक्ष - टुक बहादुर क्षेत्री मोहोन बैद्यले नेतृत्व गरेको नेकपा माओबादी निकटको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य - सुर्य न्यौपाने र अधिवक्ता महेन्द्र पाण्डे
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
Listen