‘बहुआयामिक व्यक्तित्व:लीलाभक्त’ लोकार्पण
पोखरा, २२ साउन। समाजसेवी लीलाभक्त आचार्यको जीवनीमा आधारित ‘बहुआयामिक व्यक्तित्व:लीलाभक्त’ नामक पुस्तक सोमबार लोकार्पण गरिएको छ।
महाकाव्यकार माधव वियोगीद्वारा लिखित उक्त पुस्तकको लोकार्पण गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईले शिक्षा र समाजसेवाका नाममा व्यक्तिगत स्वार्थ र व्यापारको लहर चलेका बेला निस्वार्थरुपमा निरन्तर समाजसेवामा लाग्ने लीलाभक्त पाउनु समाजको सौभाग्य भएको बताए।
मानवतावादी धर्म नै सबैभन्दा ठूलो धर्म र पूजा भएको बताउादै मानिसले त्याग र समर्पणका साथ काम गर्नुपर्ने उनले बताए।
पुस्तकका लेखक माधव वियोगीले मरेपछि नभई जीवित छादा नै मानिसले गरेका राम्रा कामको प्रशंसा पाउनुपर्छ भन्ने उद्देश्यका साथ उक्त कृति रचना गरेको बताए। उक्त कृतिलाई चाकडी नभएर सामाजिक कार्यमा खटिएका व्यक्तिप्रतिको श्रद्धा र सम्मानका रुपमा लिन आग्रह गरे।माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित उक्त कार्यक्रममा बोल्दै समालोचक डा.रामचन्द्र पोख्रेलले उक्त पुस्तकले लीलाभक्त आचार्यको व्यक्तित्वका बारेमा प्रकाश पारेको बताउादै उक्त कृतिले लीलाभक्तलाई मात्र नभएर अन्य समाजसेवीलाई समेत उर्जा थप्ने विश्वास व्यक्त गरे।प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ तथा लोकगायिका हरिदेवी कोइराला, कवि तेजनाथ घिमिरे र नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीकलगायतले बोलेका थिए।
जनार्दन त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले गरेका थिए।कृष्ण जन्माष्टमी तथा समाजसेवी लीलाभक्त आचार्यको ८३ औं जन्मोत्सवका अवसरमा यही साउन २५ गते जन्माष्टमी शोभायात्रा तथा रथारोहण एवं अभिनन्दन समारोहको आयोजना गरिएको छ।
आदर्श समाज सम्वाददाता