|

हङकङमा समुन्द्रमा डुबेर नेपाली बाबु-छोराकै मृत्यु


हङकङ, साउन ३१ - हङकङको चुनमुनमा समुन्द्रमा डुबेर नेपाली बाबु-छोराकै ज्यान गएको छ। आइडी लिएर सात वर्षदेखिहङकङस्थित युनलुङमा बस्दै आएका लमजुङ नाल्माका ३६ वर्षीय चन्द्र गुरुङ र उनका ६ वर्षका छोरा विवेकआइतबार डुबेका हुन्।

हङकङस्थित लमजुङ समाजका सत्य घलेका अनुसार चुनमुन बटरफ्लाई तटमा खेलिरहेका छोरा समुन्द्रमा हराएपछि आत्तिएर उद्दार गर्न गएका बाबु पनि डुबेको अनुमान गरिएको छ। लाइफ गार्डले दिएको जानकारीको आधारमा प्रहरीले आइतबार साँझ नै समुन्द्रमा तैरिएको चन्द्रको मृत शरीर बाहिर निकालेको थियो।

'प्रहरी सहितले रातभरी खोजी गर्दा पनि छोरो फेला पार्न सकिएन, सोमबार मात्र मृत शरीर निकाल्यौँ' घलेले भने, 'त्यो पौडी खेल्ने ठाउँ नै भएकाले लाइफ गार्डले किन हेरेनन् भन्ने प्रश्न उठेको छ, तर प्रहरीको रिपोर्ट नआई केही भन्न सकिन्न।'

हङकङको आइएसएस कम्पनीमा आवद्ध भएर सुरक्षा गार्डमा कार्यरत चन्द्र श्रीमतीलाई घरमै छाडेर आफ्नै कम्पनीका साथीहरूले आयोजना गरेको बिबिक्यू पार्टीमा छोरा सहित चुनमुन समुद्री तट पुगेका थिए। पौडी खेल्न नजान्ने भएकाले छोरालाई उद्दार गर्न गएका बाबु पनि डुबेको हुनसक्ने घलेले बताए।

प्रहरी छानविन र पोष्टमार्टमको क्रममा बाबुको शव चुनमुन र छोराको साटिनमा राखिएको छ। पोष्टमार्टम प्रक्रिया सकिएपछि लाश नेपाल पठाउने प्रक्रिया शुरु गरिने लमजुङ समाजलेजनाएको छ।
(समाचार नागरिक न्यूज बाट)

Posted by Butwalonline on 7:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हङकङमा समुन्द्रमा डुबेर नेपाली बाबु-छोराकै मृत्यु "

Leave a reply