लैङ्गिक समानता बिषयक एक दिने तालीम सम्पन्न
हेमराज भट्ट,नेपालगन्ज,श्रावण ३१ - बासको आयोजनामा आज नेपालगन्जमा लैङ्गिक समानता बिषयक एक दिने तालीम सम्पन्न भएको छ । बासका स्वयम्सेवक, कर्मचारी, साधारण सदस्यहरु तथा अन्य युवाह्रुको सहभागीता रहेको तालीममा लैङ्गिक समानता, भेदभाव, घरेलु हिंसा, सामाजिक हिंसा, महिला हिंसा लगायतका बिषयमा तालीम दिईएको थियो । बास केन्द्रिय कार्यालय नेपालगन्जको हलमा झण्डै ३० जनाको सहभागीता रहेको तालीमको सहजिकरण बास स्वयम्सेवक सल्लाहकार लुला बेलीनफन्टे र बास निर्देशक नमस्कार शाहले गरेका थिए । भने तालीममा हाल भेरी अन्चल अस्पतालमा कार्यरत कोरियन नागरिक शरिताले लैंगिक बिषयमा आफ्नो धारणा व्यक्त गरेकि थिईन । तालीमबाट नौलो बिषयको जानकारी भएको सहभागीहरुले प्रतिकृया दिएका छन् ।
यसैगरी बास जाजरकोट शाखाको आयोजनामा आज जाजरकोटमा असल कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार जना कर्मचारीहरु सम्मानित भएका छन् । जस अन्रतगत जिल्ला शिक्षा अधिकारी बिरभान थापा, महिला बिकास कार्यालय की मूख्य महिला कार्यकर्ता पबित्रा पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका ना.सु.दशरथ लामिछाने र जिल्ला विकास समितिका कार्यालय सहयोगी भरत नेपाली रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिलला अधिकारी र नागरिक समाजका अध्यक्ष केशब जंग शाहले प्रमाणपत्र सहित दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरेका हुन । निजामती सेवामा रही उल्लेख्य काम गरिरहेका उनीहरुको कार्यमूल्याङनको आधारमा सम्मान गरिएको हो । ६० बढिको सहभागीता रहेको कार्यक्रमको सञ्चालन बास जाजरकोट शाखाका उपाध्यक्ष प्रेम केसीले गरेका थिए । कार्यक्रममा स्वागत कर्ण बहादुर हमाल तथा उद्धेश्यमाथि प्रकाश बास केन्द्रिय सदस्य डम्बर सिंहले गरेका थिए ।