बसको ठक्करबाट दुई जनाको मुत्यु तीन घाइते
कास्की, श्रावण ३१ - पोखरा नजिकैको हेम्जा गाविसमा बाटो काट्ने क्रममा बसको ठक्करबाट बुधबार पोखरामा दुई जनाको मुत्यु भएको छ ।
म्याग्दी मर्याङ्ग स्थायी घर भई हेम्जामा बस्दै आएकी ८० वर्षीया स्वस्तिका जुगजाली र हेम्जा याम्दीका २० वर्षीय विनोद भण्डारीको मुत्यु भएको हो । पोखरा तर्फ आउँदै गरेको ग १ख २२७२ नम्बरको बसले बाटो काट्न लाग्दा जुगजालीलाई ठक्कर दिएको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उचपारको क्रममा मुत्यु भएको छ ।
ठक्कर दिएपछि अनियत्रित भएको बसले ग १त ७८३ नम्बरको ट्याक्टरलाई ठक्कर दिंदा बसमा रहेका यात्रु मध्ये घाइते भएका भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ट्याक्टर चालक सहित घाइते भएका तीन जनाको पनि उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
(समाचार कांतिपुर बाट)