ढुंगा प्रहार गरी एक जनाको हत्या
कैलाली साउन ३१ - कैलालीको बलीया ५ बघौरामा ढुंगा प्रहार गरी एक जनाको हत्या गरीएको छ । मंगलबार साझ मेकेन्द्र तिमिल्सैनाले ढुंगाले हानेर ५५ बर्षका रबिलाल कडेलको हत्या गरेका हुन ।
सामान्य बिबादमा मेकेन्द्रले ढुंगाले हानेर रबिलालको हत्या गरेको स्थानियले बताएका छन । ढुंगाले हाने पछी रबिलालको घटना स्थलमै मृत्यु भएको थियो । हत्या गर्ने मेकेन्द्र लाई प्रहरीले पक्राउ गरेको छ ।
(समाचार ऑनलाइन खबर बाट)