सर्पले डसेर एक महिलाको ज्यान गयो
सप्तरी साउन ३१ - सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ । पोर्ताहा गाविस वडा नम्बर ९ बस्ने किसुनदेव यादवकी श्रीमती राधादेवीलाई राति ९ बजे सर्पले डसेको थियो । उनको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
घरनजिकै रहेको परालको टालबाट पराल निकाल्ने क्रममा विषालु सर्पले उनको दाहिने हातमा दुई ठाउँमा टोकेर रक्ताम्य बनाएको किसुन देवले जानकारी दिएका छन् ।गर्मीका कारण सप्तरीमा विगतको तुलनामा धेरै किसिमका विषालु सर्प देखिन थालेका छन् ।
(समाचार ऑनलाइन खबर बाट )