१ सय ९३ औं भगवती जात्रा उल्लासका साथ मनाइयो
१ सय ९३ औं भगवती जात्राकालागि दुई लाख खर्च
मुक्तिप्रसाद न्यौपाने,साउन २६, पाल्पा,नेपाली सेनाले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा पाल्पामा उत्सवको रुपमा शुक्रबार पाल्पामा भगवती जात्रा निकालिएको छ ।
भगवती जात्राको लागि करिब १ लाख ५० हजारदेखी २ लाखसम्म खर्च लाग्ने भगवती गुठीका अध्यक्ष केदारलाल श्रेष्ठले बताए । ऐतिहासिक महत्व बोकेको पाल्पाको भगवती जात्रालाई व्यवस्थित गर्नको लागि मन्दिरको अक्षयकोषको रुपमा करीब १० लाख रुपैयाा संकलन गरिएको छ ।
पाल्पामा रहेको चण्डीप्रसाद गणले भगवतिको रथलाई दिउासो १:०० बजे सलामी दिएर ३ पटक मन्दिर परिक्रममा गराएपछि निकालिएको रथयात्रालाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो । रातभरि जाग्राम बसि राति १२ बजे बलि दिएर मन्दिर बाहिर निकालिएको भगवतिको रथलाई तानसेन परिक्रमा गराइएपछि पून मन्दिरमा प्रवेश गराइएको छ ।
जात्राको अवलोकनका लागि गुल्मी, अर्धाखााची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आइपुगेका थिए । विद्यालय एवं विभिन्न संघ संस्थाको बाक्लो उपस्थितिमा निकालिएको रथ यात्रालाई भजनकिर्तन, पञ्चेबाचा, लाखे नाच, विभिन्न साास्कृतिक झााकी सहित तानसेन नगर परिक्रमा गराइएको थियो ।
नेपाली विरताको प्रतिकको रुपमा मनाइने रथयात्राका लागि पाल्पा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालयले आर्थिक एवं मानविय सहयोग गरेको छ । जात्रामा हुन सक्ने घटनालाई मध्यनजर राखेर पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
विश्वको भूभागलाई आफ्नो मुठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा विजय उत्सवको रुपमा भगवति जात्रा निकालिएको हो । वि.सं. १८६१ मा पाल्पाली सेन राज्यका प्रशासक अमर सिंह थापाले गोर्खाली सेना मार्फत् अंग्रेजलाई यद्धमा हराएका थिए । लडाइकै समयमा अमर सिंहको मृत्यु भएपछि नियुक्त भएका उजिर सिंह थापाको नेतृत्वको सेनाले अंग्रेजलाई हराएका थिए ।शक्तिशाली अंग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन शुरु गरिएको थियो ।
