|

सहमति पछि सार्वजनिक यातायात पूर्ववतरुपमा सञ्चालन

काठमाडौं, श्रावण २८ - सरकार र यातायात व्यवसायीबीचको वार्ता शनिबार सहमतिमा पुगेकाले सार्वजनिक यातायात आइतबारदेखि चलेका छन् । व्यवसायीले १५ बुँदे माग राख्दै शुक्रबार र शनिबार सार्वजनिक सवारी चलाएका थिएनन् ।ट्राफिकको अधिकार प्रत्यायोजनबारे अध्ययन गर्न कार्यदल गठन गर्ने, यातायात मजदुरको सामाजिक सुरक्षा कोष बनाउने, यस क्षेत्रका विभिन्न विषयमा अध्ययन गर्न मन्त्रालय स्तरीय कार्यदल गठन गर्ने लगायत विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको छ ।सहमतिको घोषणापछि आइतबारदेखि सार्वजनिक सवारीका साधन पूर्ववतरुपमा सञ्चालनमा आएका हुन् ।
(समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 6:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमति पछि सार्वजनिक यातायात पूर्ववतरुपमा सञ्चालन"

Leave a reply