|

हँसियाले हानेरआफ्नै आमाको हत्या


काठमाडौं, साउन २८ - चालिस हजार नदिएको आवेगमा हँसियाले घाँटीमा हानेर थानकोटका महेश बलामीले आफ्नै आमाको हत्या गरेका छन्। शनिबार बिहान ६ बजे थानकोटको टेकानपुरमा २४ वर्षका बलामीले हँसियाले हानेर ५० वर्षीया गंगामाया बलामीको हत्या गरेका हुन्।

प्रहरीका अनुसार मानसिक रोगी महेश र उनकी आमाबीच शनिबार बिहानै पैसाको विषयमा विवाद भएको थियो। चार वर्ष कतार बसेर आएका विवाहित उनले आमासँग ४० हजार रकम माग्दै झगडा गरेका थिए।

त्यत्रो पैसा आफूसँग छैन भन्दै गंगामायाले पैसा दिन नसक्ने बताएपछि आवेगमा आएका उनले आमालाई हँसियाले हानेका थिए। हँसिया उनको घाँटीमा लागेको थियो। घटनालगत्तै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि महानगरीय प्रहरी प्रभाग थानकोटको प्रहरी गएर बलामीलाई नियन्त्रणमा लिएको थियो।

घाइते भएका गंगामायालाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अधिक रक्तश्रावका कारण बिहान सवा सात बजे उपचारकै क्रममा उनको निधन भएपछि प्रहरीले महेशलाई हत्या अभियोग लगाएर हिरासतमा राखेको छ।
(समाचार नागरिक न्यूज बाट)

Posted by Butwalonline on 6:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हँसियाले हानेरआफ्नै आमाको हत्या"

Leave a reply