|

एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरी  साउन २८- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर गाविसमा गएराति एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको एम्बुलेन्सको ठक्करबाट र्फसेठ गाविस-४ का उपेन्द्र यादवको मृत्यु भएको हो । ठेला लिएर राजविराजतर्फ जानेक्रममा रायपुर-८ स्थित खाँडो खोलामा राति ९ बजे ४५ वर्षीय यादवलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई सगरमाथा अञ्चल अस्पताल राजविराजमा प्राथमिक उपचार गराई थप उपचारका लागि धरानतर्फ लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 7:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु"

Leave a reply