|

त्रिशुली नदीमा ट्रक सहित ३ जना बेपत्ता


गोरखा, भाद्र ४ - पृथ्वी राजमार्गको धादिङ जोगिमारा सडकखण्डबाट त्रिशुली नदीमा खसी मालबाहक ट्रक सहित ३ जना बेपत्ता भएका छन् । मनोहरी ४ मकवानपुरका २७ बर्षीय चालक सुवास पौडेल, कोटा गाविस ८ तनहुँका १८ बर्षीय सहचालक दिपक गुरुङ र कोटा गाविस ८ तनहुँकै १७ बर्षीय रवी गुरुङ बेपत्ता भएका हुन् ।

सोमबार बिहानका राति लु १ ख ४९४२ नम्बरको ट्रक नदीमा खसेर उनीहरु बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमीरेले बताए । 'ट्रक पनि देखिए छैन । सडकछेउको बार भाँचिएकाले झरेको ठाउँ मात्र पहिचान भएको छ' उनले भने, 'नदीमा पानीको बहाब बढी भएकाले उद्धार गर्न सकिएको छैन ।'

ट्रक नारायणघाटबाट काठमाडौंका लागि हिँडेको थियो । घट्नास्थलको प्रकृति हेर्दा कुखुराको अण्डा बोकेर काठमाडौं हिँडेको ट्रक आइतबार राति नदीमा खसेको प्रहरीले अनुमान गरेको छ ।

'अन्य गाडिवालाहरुले सवारीसाधन खसेको हुनसक्ने अनुमान गरी हामीलाई खबर गरेपछि बिहान छ बजे थाहा पयौं' निरीक्षक घिमिरेले भने, 'गाडिको ब्लू बुक र अण्डाको एक वटा क्रेट फेलापरेपछि झरेको ठाउँको पहिचान भएको हो ।'(समाचार कांतिपुर बाट )

Posted by Butwalonline on 9:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रिशुली नदीमा ट्रक सहित ३ जना बेपत्ता"

Leave a reply