|

नवलपरासीमा बस दुर्घटना हुंदा ६ जनाको मृत्यु


नवलपरासी  भदौ ४ -पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखेला जंगलमा गएराती भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । पुर्व वाट पश्चिम आउँदै गरेको ना ४ ख १०९२ नम्वरको वस र विपरीत दिशावाट आउदै गरेका युपी ५३ वि टि ९३ ८७ नम्वरको इन्डियन ट्रकसँग ठोकिदा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएका इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । घाइतेहरुमध्ये ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर , ७ जनाको मध्यविन्दु अस्पताल डण्डा र ३१ जनाको मनकामना मेडिकहल अरुणखोलामा उपचार भइरहेको छ ।

दुर्घटनामा परि मृत्यु भएका मध्ये वैतडी घर भएका वसका चालक महनसिंह रावलको मात्र परिचय खुलेको छ । अन्य ५ जनाको परिचय खुल्न बाँकी रहेको छ ।
(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 9:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा बस दुर्घटना हुंदा ६ जनाको मृत्यु"

Leave a reply