|

मुस्लिम धमाबलम्बीहरुले इदुल-फित्र मनाउँदै


काठमाडौं, भाद्र ४ - इस्लाम धर्मालम्बी धार्मिक विधिपूर्वक उत्साहका साथ बिहानैदेखि इद–उल–फित्र पर्व मनाइरहेका छन् ।

यस पर्वको उपलक्ष्यमा सोमबार सबैभन्दा पहिले मुसलमानहरूले दुई किलो ४सय५० ग्राम गहुँ वा सोसरहको नगद दान गरी नयाँ वस्त्रधारण गरेर नजिकको इदगाहमा पुगी नमाज अदा अर्थात् नवाज पढेर यो पर्वको शुभारम्भ गरेका हुन् । यसपछि एकापसमा आशीर्वाद तथा शुभकामना आदानप्रदान गर्नाका साथै अनिवार्य रूपमा सेवई खाने परम्परा रहेको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन झापाका कार्यवाहक अध्यक्ष सादिक अन्सारीले बताए ।

यस पर्वमा मुसलमानले वर्षभरिमा कमाएको रकमबाट बचत भएको रकममध्येबाट अढाइ प्रतिशत गरिबलाई वितरण गर्नुपर्ने हुन्छ, जसलाई ‘जकात’ भन्ने गरिन्छ ।  यस पर्वको उपलक्ष्यमा झापाको बिर्तामोड, धुलाबारी, टाङ्घनडुब्बा, केचना, पाठामारी, बुधबारे, भद्रपुर, दमकलगायत स्थानमा रहेका इदगाहमा बिहानदेखि इस्लाम धर्मालम्बीको घुइँचो लागेको छ ।

इस्लाम धर्मावलम्बीको पात्रो अनुसार नवौँ महिनामा रमजान पर्व सुरु हुन्छ । रमजान पर्व गत साउन ३ गते सुरु भएको थियो । एक महिनासम्म रोजामा बसेपछि चन्द्रोदयको दर्शन हुनासाथ रोजा सम्पन्न भएर इद–उल–फित्र पर्व मनाउने गरिएको हो ।

रोजाको अवसरमा इस्लाम धर्मालम्बी दिनभरि उपवासमा बस्ने गर्छन् । यस महिनामा वृद्ध–वृद्धा, बालबालिका, दूधेसन्तानकी आमा, अशक्त, बिरामी, रजस्वला भएकी महिलाबाहेक सबैलाई अनिवार्य रूपमा रोजामा रहनुपर्ने नियम  छ ।  सरकारले इदको को अवसरका सार्वजनिक बिदाको घोषण गरेको छ ।
(समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 7:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुस्लिम धमाबलम्बीहरुले इदुल-फित्र मनाउँदै "

Leave a reply