|

मादागास्करमा अलपत्र परेका २१ जनामध्ये ६ जनालाई नेपाल ल्याइयो

काठमाडौं, साउन २७ - सरकारले दक्षिण अफ्रिकी राष्ट्र मादागास्करमा अलपत्र परेका २१ जनामध्ये ६ जनालाई उद्धार गरी हिजो काठमाडौं ल्याएको छ भने अन्य ६ जनाको समुह शनिबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ |

बाँकीलाई क्रमसः ल्याईने मन्त्रालयले बताएको छ । परराष्ट्रका अनुसार हिजो काठमाडौं आईपुगेको टोलीको मादागास्करदेखि काठमाडौं आइपुग्दा लागेको सम्पूर्ण हवाई खर्च आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओम) ले व्यहोरेको छ। हिजो आइपुगेको टोली कतार एयरवेजमा दोहाहुँदै आएको हो।

शनिबार आउने टोलीको खर्च भने सरकारले व्यहोरेको छ। उनीहरुलाई मलेशियाको क्वालालम्पुरहुँदै नेपाल एयरवेजमा काठमाडौं ल्याइने परराष्ट्रले जनाएको छ।

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मी मादागास्कार गई अलपत्र परेका नेपाली रहेको होटलको खर्च र अन्य कागजात मिलाएपछि उनीहरुलाई नेपाल फर्काउन सकिएको हो। मादागास्करमा अलपत्र परेका नेपालीको उद्धारको लागि सरकारले ७५ लाख रुपैयाँ निकासा गरेको थियो।
(समाचार नागरिक न्यूज बाट)


Posted by Butwalonline on 7:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मादागास्करमा अलपत्र परेका २१ जनामध्ये ६ जनालाई नेपाल ल्याइयो "

Leave a reply