|

पूर्वनगरप्रमुखले विषपान गरी आत्महत्या गरे


महोत्तरी, असार २४- जलेश्वर नगरपालिकाका एक पूर्वनगरप्रमुखले आत्महत्या गरेका छन्। पूर्वनगरप्रमुख बालकृष्ण ढकालले गएराति विषपान गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमतीसँगको आपसी विवादका कारण विषपान गरेका ढकालको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको हो।

उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। स्वर्गीय ढकाल नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट २०५४- २०५५ सालको स्थानीय चुनावमा नगरप्रमुख पदमा विजयी भएका थिए।आफ्नो कार्यकालमा उनले नगरपालिकाको सडक फराकिलो गराउनुका साथै विकास निर्माणका महत्वपूर्ण कामहरु गरी लोकप्रियता हासिल गरेका थिए। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्वनगरप्रमुखले विषपान गरी आत्महत्या गरे"

Leave a reply