पाल्पामा एक महिलाबाट चम्ल्याहा बच्चा जन्मिए
टेकनारायण भट्टराई, पाल्पा, असार २४- पाल्पा बौघागुम्हा-३ छेर्लुङ्की राधिका भट्टराईले शनिबार बेलुका चम्ल्याहा बच्चा जन्माएकी छिन्। ३२ वर्षीया उनले तानसेन मिसन अस्पतालमा दुई छोरी र दुई छोरा जन्म दिएकी हुन्। चिकित्सकका अनुसार सामान्य अवस्थामा (अप्रेसन नगरी) ती बच्चा जन्मेका हुन्।
आमा र बच्चाको स्याहारमा खटिएकी डा. बेकीका अनुसार चारै बच्चा र आमाको अवस्था सामान्य छ। पहिले छोरा, त्यसपछि दुई छोरी र पुनः छोरा जन्मेका हुन्। गर्भाधानको सात महिनामा बच्चा जन्मेकाले सबैको तौल कम छ, डा. बेकी का अनुसार आमा खतरामुक्त छिन्, दुई बच्चा अलि कमजोर छन्। अघि जन्मेका छोराछोरीको एक केजी तौल छ भने बाँकी दुईको ५ सय ६० ग्राम र ९ सय ५० ग्राम तौल छ। राधिकाका पति कृष्णप्रसाद भट्टराई नोकरीका लागि कुबेतमा छन्। सामान्य परिवारकी उनको १२ वर्षीय एउटा छोरा छन्। छोरालाई पढाउन उनी तानसेन बस्दै आएकी थिइन्। शनिबार दिउसो व्यथा लागेर उनलाई अस्पताल भर्ना गरेपछि बिना अपरेसन ४ शिशु को जन्म दिएकी हुन्।
स्रोत नागरिक न्यूज