ब्राहृमणले छुट्टै पार्टी खोल्ने !
दमक,असार २४-आदिवासी जनजातिले पार्टी खोल्ने तयारी गरिरहेका बेला ब्राहृमणले समेत छुट्टै पार्टी खोल्ने तयारी गरेका छन् ।ब्राहृमण समाज नेपालको शनिबार दमकमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस्तो राजनीतिक एजेन्डा अगाडि ल्याउने निर्णय गरेको हो । ब्राहृमण समाज छुट्टै राजनीतिक दलका रुपमा अगाडि बढ्नुपर्छ भनी जिल्ला नेतृत्वहरुले बहस उठाएपछि सम्पादन समितिले समाजलाई राजनीतिक शक्तिका रुपमा उदय गराउन पाँच सदस्यीय एक अध्ययन टोली नै गठन गरेको छ । स्रोतका अनुसार गठित टोलीको संयोजकमा वासुदेव भट्टराई -झापा)तथा सदस्यमा पुष्पराज तिम्सिना -कास्की), देवनाथ उपाध्याय -पर्सा),रमानन्द न्यौपाने -जुम्ला) र माधव पहारी -कास्की) हुनुहुन्छ ।
समितिका संयोजक भट्टराईले ब्राहृमण समाजले राजनीतिक अभ्यास थालेको जानकारी दिनुभयो । ‘संस्थाले राजनीतिक मार्ग तय गरेको छ’ उहाँले भन्नुभयो, ‘राजनीतिक ‘र्फम’ मा आउन हामी बाध्य भएका छौँ ।’ सम्पादन समितिको निर्णयबारे आगामी साउन १३ गते कार्यसमितिको बैठकमा छलफल हुने भट्टराई बताउनुहुन्छ ।केन्द्रीय बैठकको अन्तिम निर्णयपछि संस्था छुट्टै राजनीतिक शक्तिका रुपमा उदय हुने दाबी भट्टराईको छ । उहाँले जातीय ध्रुवीकरण बढिरहेको बेला राष्ट्र बचाउन छुट्टै पार्टीका रुपमा यसले मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो । ‘चुनावमा जाने स्थिति आएर यो तयारी सुरु भएको हो’, भट्टराईले बताउनुभयो । रासस