जिप दुर्घटनामा परि बुवाको अस्तुलाई बीच बाटोमै छाड्नुपर्यो
पाल्पा, श्रावण १४ - पुख्र्यौली घर गुल्मी पुगेर मृतक आफन्तको अस्तु कालीगण्डकीको रिडी रुरुक्षेत्रमा बगाउने र काजकिरिया गर्ने भन्दै भारतको दिल्ली लखिमपुरबाट आइरहेकाहरू चढेको जिप शुक्रबार राति तानसेन-तम्घास सडकको जोर्तेबजार नजिकै घुम्तीबाट कुरुङखोलामा खस्दा परिवारका १३ जनासहित १४ को मृत्यु भएको छ । घाइते दुईको अवस्था गम्भीर छ ।
दिल्लीबाट गुल्मीको थानपति गाविसको थोर्गा हिँडेका उनीहरू चढेको जिप पाल्पा सदरमुकाम तानसेनदेखि २५ किलोमिटर टाढा ओरालो घुम्तीमा नमोडिई सीधै खोलामा खस्न पुगेको हो । दुर्घटनामा पर्ने सबैको सनाखत भएको छ । मृत्यु हुनेमा गुल्मी थानपति गाविस थोर्गाका एकै परिवारका ४८ वर्षकी खगीसरा राना, ३० वर्षे नरबहादुर, ३० वर्षकी रिता, २७ वर्षकी गंगा, २२ वर्षकी तृष्णा, १९ वर्षकी कावी, १८ वर्षकी सोनु र काबेरी, १६ वर्षकी दीपा राना, १५ वर्षकी भावना, ५ वर्षकी स्यार्ली, ३ वर्षका एक बालक र ९ महिनाकी कोशिता छन् । यस्तै चालक भारत उत्तर प्रदेशको लक्ष्मीपुर जिल्ला छिरीका अशोककुमार तिवारीको पनि मृत्यु भएको छ । राति दुर्घटना भए पनि बिहान मात्रै थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गर्नुका साथै उद्धारमा जुटेका थिए ।
डीएसपी मीरा चौधरीका अनुसार सबैको घटनास्थलमै मृत्यु भएको हो । घाइते दुई जना पनि सोही परिवारका भएको आफन्त गुल्मी रिडीका रणबहादुर रानाले जनाए । दुर्घटनाग्रस्त जिप कुरुङखोलामा क्षतविक्षत अवस्थामा छ ।
गम्भीर घाइते ३० वर्षे सत्येन्द्र राना र १० वर्षे निलेश रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
घाइते सत्येन्द्रले बाबु धनबहादुर रानाको दिल्लीमै मृत्यु भए पनि अस्तुलाई पुख्र्यौली थलो रुरुधाम रिडीमा सेलाउन भनेर आउँदै गर्दा दुर्घटनामा परेको बताए । उनीहरू वर्षौंदेखि भारतको दिल्लीमा बस्दै आएका थिए । आफन्त नीलबहादुर रानाका अनुसार धेरै वर्षदेखि भारतमा बसेकाले आफन्तलाई शव चिन्न गाह्रो परेको थियो ।
बैंकको क्यासिएरमा काम गर्ने धनबहादुरको उपचार क्रममा मृत्यु भएपछि अस्तु सेलाउन परिवारजन रिडी आएका थिए । काजकिरिया जन्मगाउँ थोर्गामै गर्ने योजना उनीहरूको थियो । धनबहादुरको ६ दिनअघि मृत्यु भएको थियो ।
उनीहरू चढेको डीएल १ वाई ४६७८ नम्बरको जिप घुम्तीमा नमोडिई सीधै खोलामा खसेको डीएसपी चौधरीले बताइन् । कुरुङखोला पक्की सडकबाट ३० मिटर तल पर्छ । झन्डै दुई सय मिटरमाथि घुम्तीको ओरालोबाट सीधै जिप खोलामा खसेको अनुमान स्थानीयले गरेका छन् । घुम्तीभन्दा ५ मिटर अगाडि रहेको पाइपमा एउटा चक्काले मात्रै छोएजस्तो देखिएको जोर्तेका बुद्धिनाथ पाण्डेयले बताए । 'दुर्घटना राति १२ बजेपछि भएको हुनुपर्छ,' उनले भने, '१२ बजेसम्म म सुतेको थिइनँ ।' मध्यरातमा सबै मस्त निद्रामा हुने र नजिकै घर नभएकाले पनि तत्काल थाहा हुन नसकेको उनले बताए ।
जोर्तेवासी अनिल गौचनले शनिबार बिहान 'मर्निङ वाक' मा निस्कँदा दुर्घटनाबारे थाहा पाएपछि बजारवासीलाई खबर गरी उद्धारमा जुटेको र त्यसपछि प्रहरीमा जानकारी गराएको बताए । स्थानीयले पहिला जीवित दुईको उद्धार गरेको बताए । खोला बढेको र सुसाएकाले नजिककाले समेत थाहा पाउन सकेका थिएनन् । जिप सीधै खोलाको बीचमै परेकाले पनि धेरैको मृत्यु भएको स्थानीयको अनुमान छ । ६ वटा शव खोलाबाट र आठवटा जिपबाटै निकालिएको थियो ।
घटनापूर्व मृतकमध्येकै एकले गाउँमा आफन्तलाई फोन गरेर मध्यरातको १२-१ बजेसम्म आइपुग्छौं भनेकाले १२ बजेतिरै घटना भएको हुन सक्ने आफन्त नीलबहादुरले बताए । जिप नेपालगन्ज नाका भएर नेपाल भित्रिएको प्रहरीले जनायो । तर कति बजे दोभान नाकाबाट पाल्पा प्रवेश गरेको हो भन्ने खुलेको छैन । दोभान प्रहरी चौकीले पनि यसबारे बताउन सकेन ।
पोस्टमार्टमपछि दाहसंस्कार
सदरमुकामस्थित जिल्ला सरकारी अस्पतालमा गर्नुपर्ने पोस्टमार्टम घटनास्थलमै गरिएको छ । सरकारी अस्पतालका डा. संज्ञा पौडेल र डा. लीला छेत्रीले घटनास्थलमै पुगेर शवको पोस्टमार्टम गरेका हुन् । डीएसपी चौधरी र निमित्त प्रमुख जिल्ला अधिकारी चेतनारायण घिमिरेको संयोजनमा दुवै डाक्टरलाई घटनास्थलमै लगिएको थियो ।
चालक तिवारीको शव भने तानसेनस्थित जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले उनका आफन्तलाई खबर गरिएको जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबै १३ जनाको कालीगण्डकी किनार रुरुक्षेत्रमा शनिबारै दाहसंस्कार गरिएको छ । आफन्तजन सबै भेट भइसकेपछि उनीहरूले शव जलाएका हुन् ।
अस्तु बीचमै हरायो
सत्येन्द्र राना
घाइते
बुवाको ६ दिनअघि मृत्यु भएको थियो । हामी सबै परिवारसहित भारतको लखिमपुरमा बस्थ्यौं । बुवाको अस्तुलाई नेपालको आफ्नै घाट कालीगण्डकी नदीको रिडी रुरुक्षेत्रमा बगाउने इच्छा भयो । उता, फेरि गाउँमा हजुरबुवा भएकाले जाने निधो गरियो । त्यसपछि सबै परिवार नेपाल आउने चाँजोपाँजो मिलाइयो र हिँडियो । शुक्रबार हामी भारतबाट हिँड्ने र ६ दिनदेखि नेपालमै जन्मघरमै काजकिरिया सुरु गर्ने सोचेर आएका हौं । तर, बुवाको अस्तुलाई बीच बाटोमै छाड्नुपर्यो । हामी नेपालगन्ज नाका भएर नेपाल छिरेका थियौं । पाल्पातिर आइपुग्दा राति भइसकेको थियो । रिडी पुग्ने बेलामा जिप दुर्घटनामा परियो । मेरी श्रीमती, छोरी, बहिनीहरूलाई कस्तो छ, कसैले बताएको छैन । चालक र अरूलाई पनि कस्तो छ, मलाई थाहा भएन । बुवाको अस्तु रिडी लगेर बगाउने योजना बाटोमै अधुरो भयो । मेरो भाग्य यस्तै रहेछ । बुवाको अस्तु पवित्र नदी कालीगण्डकीमा बगाउने मेरो र भाइ निलेशको सपना पूरा नहुँदा दुःख लागेको छ । भारतको जिप भएकाले कस्तो छ खोइ कुन्नि । आफन्तलाई मैले भनेको छु, जिपलाई धेरै क्षति भएको छैन भने पठाइदिउँ, म सञ्चो भएर गएपछि पैसा हिसाबकिताब गरौंला ।
(लुम्बिनी मेडिकल कलेजमा माधव अर्यालसँगको कुराकानीमा आधारित)साभार कांतिपुर