|

बाँकेमा युवा दिवस संयुक्त रुपमा मनाउने तयारी

हेमराज भट्ट/नेपालगन्ज,श्रावण १४  -  यो बर्षको युवा दिवस बाँकेमा संयुक्त रुपमा मनाउने निर्णय भएको छ । बाँके जिल्ला भरी छरीएर रहेका युवा क्लब ताथ युवा सस्थाहरुको छाता संगठन जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा आज सम्पन्न गरेको छलफलले सञ्जालको अगुवाईमा संयुक्र रुपमा मनाउने निर्णय गरेको हो । 

बिशुद्ध बिश्व निर्माणका लागि युवा हरु संग सहकार्य गरौं भन्ने नाराका साथ यहि साउन २८ गते मनाउन लागेको युवा दिवसको तयारीका लागि सञ्जालले आज नेपालगन्जमा यस जिल्लामा युवाको क्षेत्रमा कार्यरत युवा सस्था तथा युवा क्लब हरु साग छलफल गरेको थियो । युवा दिवसलाई कसरी मनाउने भन्ने बिषयमा भएको बृहत छलफल पश्चात सहभागीहरुले विभिन्न क्रियाकलापहरुको प्रश्ताव राखेका थिए विभिन्न प्रश्तावहरु मध्ये अगुवाई जिलला युवा क्लब सञ्जालले गर्ने निर्णय गरिएको छ भने बाकिं कार्यक्रमको बारेमा उठेका प्रश्तावहरुको आधारमा कार्यक्रमहरुको तय गर्ने र युवा दिवस सम्पन्न गर्न पूर्व तयारीका लागि ७ सदस्सिय संयोजन समितिको समेत चयन गरिएको छ । सो तयारी समितिमा संयोजन गर्ने संस्था जिल्ला युवा क्लब संजालका तर्फबाट अध्यक्ष आषिस बर्मा लाई चयन गरिएको छ । यसैगरी समितिका अन्य सदस्यहरुमा नमस्कार शाह बासबाट, किरण ढकाल बि गु्रप, राजन तामाङ्ग सहयात्रा नेपाल, निलम दहित युनेस्को क्लब बाँके, प्रिया स्मृति ढकाल मिडिया बाट र रमा अर्याल सिविन रहेका छन् । युवा क्लब सञ्जालका महासचिब हेमराज भट्टले सञ्चालन गरेको छलफल कार्यक्रममा बासका नमस्कार शाह, सिविनका मधु दवाडी, प्लान नेपालका स्नेहलता श्रेष्ठ, एफाका पूर्ण चन्द्र उपाध्याय, सहयात्राका राजन बर्मा, सञ्जालका सल्लाहकार शिब कुमार बर्मा, सुर्यलाल यादब लगायत ३० जनाको सहभागीता रहेको थियो । 

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँकेमा युवा दिवस संयुक्त रुपमा मनाउने तयारी"

Leave a reply