|

चार नेतालाई असफल घोषणा गरिनुपर्छ : माओवादी नेता बुढा मगर


विजय दमासे,अर्घाखाँची,श्रावण १४ - नेकपा माओवादी मगराात राज्य समिति इन्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष बुढा मगरले संविधानसभा भंग गराउने मुख्य दलका चार शिर्ष नेताहरुलाई असफल घोषणा गरिनुपर्ने बताएका छन् । उनले संविधानसभाको अर्को निर्वााचनको कुनै औचित्य नभएका कारण गोलमेच सम्मेलन मार्फत निकास खोजिनुपर्ने बताए ।

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखााचीले सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बाल्दै नेता मगरले उक्त कुरा बताएका हुन् । उनले मूल पार्टीमा विचलन आएपछि पार्टी विभाजन गर्न आफुहरु बाध्य भएको बताए । “पार्टी फुटायौं हामीलाई दुख लागेको छ ।” उनले भने “ शंसोधनवादमा फसेका कारण सिंगो पार्टी नै समाप्त हुने संभावना भएपछि हामी क्रान्तिकारीहरुले आधा पार्टीलाई भएपनि बचाउन सफल भयौ ।”

नेकपा माओवादी अर्घाखााचीको पूर्ण वैठकमा सहभागि हुन अर्घाखााची आएका नेता मगरले एकीकृत माओवादीका नेताहरु सच्चिएर आएमा पार्टी एकता सम्भव रहेको बताए । “ तर हामी उसको पछि लाग्दैनौं ।” उनले भने “आजसम्मका गल्ती कमजोरी प्रति आत्म आलोचना गर्दैै सच्चिएर आउनुपर्छ ।”

कााग्रेस एमालेको खैरो खन्ने माओवानदीका केही नेताहरु नै भारतीय विस्तारवादको गोटी वनेको भन्दै नेता मगरले राष्टियताको सवालमा कुनै पनि पक्षसंग सम्झनैता नगरिने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी अर्घाखााचीका इन्चार्ज भेषराज भुसालले सिंगो जिल्लालाई नै नकारात्मक असर पार्ने भएकाले चुनढुंगा उत्खनन कार्य रोक्नको लागि गरिएको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण एक्यवद्धता रहेको बताए । जिल्लाको पश्चिमी क्षेत्रको चुरे जंगल आतिक्रमणको निशाना वनेको भन्दै जिल्लालाई तस्कर तथा दलालहरुको पञ्जाबाट उम्काउनका लागि आफुहरु जस्तोसुकै त्याग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ, अर्घाखााचीका अध्यक्ष बिजय दमासेको अध्यक्षता र हरिप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

Posted by Butwalonline on 5:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चार नेतालाई असफल घोषणा गरिनुपर्छ : माओवादी नेता बुढा मगर"

Leave a reply